आफन्त नेपालको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको सडक नाटक प्रर्दशन
मिलन बन्जारा, ललितपुर
हामी सबैको प्रतिबद्धता,लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मिति २०८१ साल मंसिर महिनाको १४ गते (अभियानको ५ औ दिन) मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशिल संस्था आफन्त नेपाल, ललितपुर महानगरपालिका १४ नं वडा कार्यालय, जिल्ला प्रहरी परिसर जावलाखेल र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा ललितपुरको नखिपोटमा प्रभातफेरी तथा सडक नाटक कार्यक्रम समपन्न भएको छ । लैंगिक हिँसाको अन्त्यको लागि जनचेतना फैलाउने उदेश्यका साथ आयोजना गरिएको सडक नाटक कार्यक्रमले नागरिकमा चेतनाको स्तर बढ्ने अपेक्षा गरिएको आयोजक सस्थाले जानकारी गराएको छ ।
उक्त कार्यक्रम ललितपुर महानगरपालिका १४ नं वडाका वडा अध्यक्ष श्री अमृत जंग महतको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारि जिल्ला श्री रमेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनाल, प्रहरी नायव उपरीक्षक, चित्र बहादुर भट्टराई, प्रहरी वृत सातदोवाटो ललितपुर, राष्ट्रिय अनुसन्धान जि.का. ललितपुरका सह.अ.निर्दैशक भूमि प्रसाद पाठक, आफन्त नेपाल, अध्यक्ष श्री मोहन चौलागाई र कार्यकारी निर्देशक श्री एलिसन पाण्डे, वडा सदस्यहरु, महिला स्वयमसेविका, महिला समूह, नागरिक समाज, स्थानिय क्लव, सामुदायिक र निजि बिद्यालयको शिक्षक र विद्यार्थी लगायत करीव ५०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुको लैङ्गिक हिंसा विरुद्धको महत्वपूर्ण सुझावहरु सहित समसामयिक विषयवस्तुहरुलाई समेटि आफन्त नेपाल द्धारा तयार पारिएको सडक नाटक प्रदर्शनवाट सहभागीहरुमा आगामी दिनमा लैङ्गिक हिंसा र मानव बेचबिखन लगायत महिला र बालबालिकाहरु प्रति हुने सबैखाले हिंसा अन्त्यका लागि आफैवाट, घरैबाट र समुदायबाट शुरुवात गरिने कार्यक्रममा सहभागीहरुबाट प्रतिवद्धता जाहेर गरिएको थियो ।
आफन्त नेपालको कार्यकारी निर्देशक श्री एलिसन पाण्डेले आफन्त नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैङ्गिक हिंसा अन्त्य गरी महिला तथा बालबालिकाहरुको हक र अधिकार सुनिश्चित गर्न विगत १८ वर्षदेखी क्रियाशील हुदै बालबालिका, किशोरी र महिलाको अधिकार सुनिश्चताको लागि संस्थाले नेपाल,भारत सिमामा ११ वटा सीमा नीगरानी केन्द्र, १० वटा आवधिक गृह, २ वटा तालीम केन्द्र र २ वटा सुरक्षित आवास गृह संञ्चालनमा ल्याएको जानाकारी गराउनुभयो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैङ्गिक हिंसा अन्त्यका लागि सूचना र परामर्श प्रदान, प्रभावित र जोखिममा रहेकाहरुको उद्धार र वचावट, पुनस्र्थापना तथा आवधिक गृहमार्फत जीवन उपयोगि सिप प्रदान, सीपमूलक तालीम तथा रोजगारी, कानूनी सेवा, पारिवारिक पुनर्मिलन र सामाजिक पुनस्र्थापना, आवश्यक्तामा आधारित प्रेषण प्रणालीको अवलम्बन, समुदाय आधारीत सशक्तिकरण कार्यक्रम, समन्वय र सहकार्य, क्षमता अभिबृद्धि र पैरवी लगाएत विभिध कार्यहरुस्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार, नेपाल प्रहरी, सीमा सुरक्षा बल, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागि गठित संयन्त्र, नागरीक समाज, गैर सरकारी संघ संस्था, नागरिक समाज आदि संग समन्वय र सहकार्य गर्दै आइरहेको र आगामी दिनमा समेत निरन्तरता रहने जानाकारी गराउनु भएको छ ।