बागमती प्रदेशस्तरिय प्रतियोगितामा पुरस्कृत विद्यार्थीलाई रिलायन्स स्कुलको सम्मान

बागमती एक्सप्रेस
२० मंसिर २०८१, बिहीबार १९:२४

हेटौडा उपमहानगरपालिका ५ मा रहेको  रिलायन्स बोर्डिङ स्कुलले आफ्ना बिद्यालयमा अध्यनरत विद्यार्थीलाई आज एक कार्यक्रमका बीच सम्मान गरेको छ । विद्यालयले प्रदेशस्तरीय नृत्य प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएका विद्यार्थीलाई सम्मान गरेको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को आयोजनामा भएको बागमती प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता-२०८१ मा द्वितीय हुन सफल हेटौंडा- ५, सानोपोखरास्थित रिलायन्स बोर्डिङ स्कुलका विद्यार्थीलाई विद्यालयले पुरस्कृत तथा सम्मान गरेको छ । बिहीबार विद्यालयको प्राङगणमा प्रदेशस्तरीय नृत्य प्रतियोगितामा द्वितीय हुन सफल विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्रिन्सीपल केशवलाल श्रेष्ठ बिद्यालय संचालक समितिका अध्यक्ष र पत्रकार रमेश बन्जाराले  विद्यार्थीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

जिल्लास्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट तीनमा रहँदै रिलायन्स बोर्डिङ स्कूलका विद्यार्थी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका थिए । नृत्य प्रतियोगितामा अंकिता लामा, युनिसा बर्तोला, युनिसा श्रेष्ठ, सुधा लामा, श्रीसुधा गिरी, सगुन लामा, स्वेच्छा लो, एन्जिला पाख्रिन, मायुसा लामा, सिम्रन लो, जिना केसी, एनिमा गुरुङ, युना खड्का र सुविन महर्जनको समूह द्वितीय हुन सफल भएका हुन् । गत सोमबार काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय प्रतियोगितामा ३१ वटा विद्यालयको सहभागिता रहेको थियो जसमा रिलायन्स बोर्डिङ स्कूल पनि सहभागी रहेको थियो ।

रिलायन्स बोर्डिङ स्कुलकी सहायक प्रिन्सीपल अनुजा झाको सभाध्यक्षता तथा विद्यालयका संस्थापक प्रिन्सीपल श्रेष्ठको प्रमुख अतिथि, विशिष्ट अतिथी सन्चालक समिती अध्यक्ष ऋतु श्रेष्ठको आतिथ्यमा विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको थियो । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको संयोजन विद्यालयका प्रिन्सिपल दिनेश कुमार सुबेदीले गर्नु भएको थियो । श्रेष्ठ प्याव्सन बागमती प्रदेश समितिको अध्यक्ष समेत हुनुहुन्छ । कार्यक्रममा रिलायन्स बोर्डिङ स्कुलका प्रिन्सीपल दिनेश सुवेदी, अतिथी सन्चालक समिति सदस्य अल्का ढकाल लगायतको उपस्थिति थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*