पत्रकार फसाउन प्रयोग भएको बुलेट बाईक र पात्रलाई कसले गर्ने कारवाही
समाचारको बिषयमा चित्त नबुझे कानुनि बाटाहरु हुँदा हुँदै पनि क्रियासिल पत्रकारलाई फसाउने दुख दिने घटना प्रति पत्रकार संग सरोकार राख्ने बिभिन्न संघ सस्थाहरुले पटक पटक सचेत गराउँदा समेत त्यस्ता घटना रोकिन सकेको छैन । स्वतन्त्र प्रेस माथि पटक पटक हुने यस्ता घटना प्रति सरकार जिम्मेवार बन्नु पर्ने र त्यस्ता घटनालाई निरुत्साहित बनाउन सरकारले आवश्यक पहल कदमी गर्नु पर्ने अवस्था रहेको पाहिएको छ ।
बागमती एक्सप्रेस साप्ताहिकका कार्याकारी सम्पादक नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका मकवानपुरका पत्रकार इन्द्र प्रसाद बन्जारा(रमेश) लाई मिति २०७९ चैत ३० गते सुनियोजित तवरले फसाउने रणनीति भएको घटनाले स्वतन्त्र प्रेस माथिको आक्रमण गर्नेलाई राज्यले निरुत्साहित गर्न नसकेको चर्चा चली रहेको छ ।
पत्रकार बन्जारालाई फसाउन प्रयोग भएको बुलेट बाईक र सो बाईक प्रयोग कर्ता समेत प्रहरीले पहिचान गरेको अवस्थामा समेत उक्त व्यक्ति र पात्रलाई प्रहरीले नियन्त्रणमा लिन नसक्नुले पनि नेपालमा प्रेस स्वतन्त्रता अझै गम्भीर अवस्थामा रहेको गुनासो आउने गरेको छ ।
पत्रकार बन्जारा फसाउन प्रयोग भएको बुलेट बाईक नम्बर प्र.३-०३-००२-७९३२ रहेको र उक्त बाईक किर्ते नम्बर राखी प्रयोग भएको तथ्य सार्वजनिक हुँदा समेत प्रहरी प्रशासन मौन देखिनुले पनि प्रेस स्वतन्त्रता र पत्रकारको शुरक्षा प्रति राज्य र प्रशासन जिम्मेवार हुन् नसकेको गुनासो आउने गरेको छ । हेटौडाका पत्रकार फसाउन प्रयोग भएको बुलेट बाईक र प्रयोग कर्ताको बिषयमा हेटौडा खबरले सार्वजनिक गरेको सिसिटिभी फुटेज हेर्नु होला ।