शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा काम गर्न मेरो उमेद्वारी हो –रविन प्रधान
मंसिर १६ गते एकै साथ देशका ३७ स्थानीय तहमा उप-निर्वाचन हुने भएको छ । आज राति १२ बजे वाट मौन अवधि शुरु हुने छ र १६ गते आफ्नो मतदान गर्ने अधिकार रहेको स्थानीय तहमा उप-निर्वाचनको मत जाहेर गर्ने छन । ३७ स्थान अन्तरगत हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पनि वडाअध्यक्ष पदमा उप-निर्वाचन हुने भएकोले आफ्ना दलका उमेद्वार जिताउन राजनीतिका दलका नेता कार्यकर्ता चुनावी सभा देखि घरदैलोमा व्यस्त देखिएका छन ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान (रविन)ले वडामा शिक्षा, स्वास्थसंगै पुर्वाधार विकासका लागि आफ्नो उम्मेद्बारी भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)को तर्फवाट वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले हेटौंडा १२ मा शिक्षाको विकास गर्ने आफ्नो पहिलो एजेण्डा भएको बताएका छन् । चुनावी कार्यक्रमा अन्तरगत १२ नम्बर वडाका २७ वटै टोल बिकाश सस्थामा चुनावी अभियान घरदैलो कार्यक्रमा गरि सकेका प्रधानले जनताको समस्या र समाधानको एजेन्डा लाई आफ्नो एजेन्डा रहेको र पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उम्मेद्वार प्रधानले शिक्षा समाज रुपान्तरणको प्रमुख कुरा भएकोले आफ्नो कार्यकालमा शिक्षाको विकासमा बिभिन्न कार्यक्रम संचालन गर्ने बताए । शिक्षाले असल संस्कारको विकास हुने भएकोले समाजको विकासको लागि शिक्षा प्रमुख भएको प्रधानले बताए ।
प्रधानले शिक्षासंगै स्वास्थ र पुर्वाधारको विकासको लागि पनि विभिन्न योजना संचालन गरिने बताए । वडामा घरदैलो कार्यक्रमका क्रममा वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले प्रचारप्रसारका क्रममा आफुले गरेका बाचा पुरा गरेरै छाड्ने बताए । साथै वडाका नगरिक, राजनैतिक दलहरुसंगको सल्लाह र सहकार्यमा साझा विकासका योजनाहरु संचालन गरिने उम्मेद्वार प्रधानले बताए ।घरदैलो कार्यक्रममा वडाबासीको उत्साहजनक सहभागिता, स्वागत र साथले आफुमा उत्साह बढेको बताउदै उम्मेद्वार प्रधानले मंसिर १६ गते हुने निर्वाचनको दिनमा मतदाताहरुले आफुलाई मतदान गरि बिजयी गराउनेमा बिश्वस्त भएको बताए । उनले सम्पूर्ण मतदातासमक्ष आफुलाई मतदान गर्नको लागि अनुरोध गरे ।
गत स्थानीय तह निर्वाचनमा हेटौंडा १२ को वडाअध्यक्ष पदमा माओवादी केन्द्रबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाअध्यक्ष पद रिक्त थियो ।
वडाअध्यक्ष पदमा माओबादी केन्द्रका प्रधानसंगै नेकपा एमालेका राजेश नगरकोटी, नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एकीकृत समाजवादीका बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाविर बल, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबा प्रतिस्पर्धामा छन् ।
यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, अर्जुन घलान पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारीसहित प्रतिस्पर्धामा छन् ।
हेटौंडा १२ मा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष, १ अन्य गरी ८ हजार ५३ जना मतदाता रहेका छन् ।