हेटौडा १२ को उप-निर्वाचनमा राप्रपाले चुनाब जित्ने दावी
हेटौडा उपमहानगरपालिका १२ मा मङ्सिर १६ गते हुन् लागेको वडाध्यक्ष पदको उप-निर्वाचनमा केहि साता देखि निर्वाचन सम्बन्धि गतिबिधि तिब्र रुपमा बढी रहेको छ । आफ्ना दलका नेतालाई उपचुनावमा जिताउन बिभिन्न राजनीतिक दल लागे शक्ति प्रयोग गरि रहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि यो पटक १२ नम्बर वडामा चुनाब जित्ने गरि प्रचार प्रसारलाई तिब्रता दिएको बताएको छ ।
हेटौडा १२ मा संघिय तथा प्रदेश चुनाबमा कांग्रेस उमेद्वार हराउन कांग्रेसनै लागेको आरोप प्रत्यारोप अझै निको भैसकेको छैन । संघिय तथा प्रदेश निर्वाचनमा त्यस क्षेत्र वाट राप्रपालाई अत्याधिक मत आएको कारण पनि यो उप-निर्वाचनमा राप्रपा त्यस वडामा बलियो शक्ति रहेको राप्रपाले दावी पेश गरेको छ । हिजोको निर्वाचनमा कांग्रेसीहरुले राप्रपालाई मतदान गरे राप्रपाले त्यस क्षेत्रमा बिकास निर्माणको काम पनि गर्यो जनताले राप्रपाको काम हेर्ने मौका पनि पाए यसर्थ अहिलेको उप-निर्वाचनमा पनि हिजो राप्रपालाई मतदान गरेका हरुले अहिले पनि राप्रपालाईनै मतदान गर्ने बिश्वास रहेको राप्रपा श्रोतको दावी रहेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत समर्थन जनाएको कारण पनि चुनावी पल्ला भारि रहेको राप्रपाका नेता कार्यकर्ताको दावी रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हेटौडा उपमहानगरपालिका १२ मा हुने उप-निर्वाचनमा त्यस क्षेत्रको प्रभावसाली नेता प्रेम भ्लोनलाई वडाध्यक्षको उमेद्वार बनाए पछी राप्रपा प्रति त्यहाँका स्थानीयको बिश्वास बढेको राप्रपा जिल्ला कमिटि सदस्यको भनाई रहेको छ । राप्रपाले त्यहाँ चुनाब जित्ने आधारमा हिजो संघिय तथा प्रदेश निर्वाचनमा नेपालि कांग्रेसका नेता तथा कार्यकर्ताले नै राप्रपामा मत हाल्न गरेको प्रचार आज चुनाब जित्ने बलियो आधार रहेको जनाएको छ । तामाङ्ग समुदायको बाहुल्यता रहेको त्यस वडामा राप्रपाले तामाङ्ग समुदाय वाटनै उमेद्वार बनाए पछी राप्रपा प्रति मतदाताको क्रेज बढेको स्थानीयले बताए ।
संघिय तथा प्रदेश निर्वाचनमा राप्रपा लाई आएको समानुपातिक मत यो निर्वाचनमा पनि आउने सम्भावना रहेको र त्यहि मतको आधारमा पनि त्यस वडामा राप्रपा बलियो शक्ति रहेको राप्रपा प्रदेश कमिटि सदस्य खुशी कार्कीले बताउनु भयो । यस क्षेत्रबाट राप्रपाले संघिय चुनाब जिते पछी हाम्रो माननीय दिपक बहादुर सिंगले यस वडामा हालेको बिकाश निर्माणको बजेटले यस वडामा विकासले गति लिएको र यो योजना हरु सफल बनाउन यस वडाका जनताले राप्रपालाई जिताउने बलियो आधार र प्रमाण रहेको कार्कीले बताउनु भयो । कांगेस भित्रको गुटगत राजनीति र त्यस वडामा कांग्रेसले निर्वाचनमा उठाएको उमेद्वारको बिषयमा बिबाद रहनुले पनि राप्रपालाई चुनाब जित्न सहज हुने आंकलन गरिएको छ । गएको संघिय चुनाबमा कांग्रेसको गढ मानिएको हेटौडा १२ मा कांग्रेसी वडा तहका नेताले कांग्रेसलाई अन्तरघात गरेको र उक्त वडा वाट कांग्रेस उमेद्वार भन्दा राप्रपाको उमेद्वारलाई नसोचेको मत प्राप्त भए पछी कांग्रेस नेतृत्वनै रुस्ट हुँदै आएको छ ।
नेपालि कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता मोहन आचार्य सहित जिल्ला तहका नेतागण बसेको बैठकमा कांगेस नेताहरुनै १२ नम्बरमा पैसा खाएर आफ्ना उमेद्वार हराउन लागेको कुरा उठाए पछी १२ नम्बर वडा बाट जिल्ला नेतृत्वमा प्रतिनिधित्व गरेका नेता बैठक छोडेर बाहिरिएका थिए । यस घटनाले पनि कांगेस भित्र बाटनै कांगेस उमेदवारलाई घात भएको र त्यति बेला कांग्रेसले राप्रपामा मत हालेको कारण यो पटक पनि त्यो घटना नदोहोरिएला भन्न नसकिने अवस्था रहेको कांग्रेस जिल्ला तहको नेताको बुझाइ रहेको छ । नेपालि कांग्रेस मकवानपुरले मङ्सिर १६ गते हुने निर्वाचनमा उमेद्वार चयन गर्दा छलफल नगरेको बिबादित व्यक्तिलाई उमेद्वार बनाएको भन्दै जिल्ला तहका नेताहरुले असन्तुष्टि जनाउदै आएको श्रोतको दाबि छ ।
कतै बुलेट बाईक चोर भनेर समाचार आएको छ, कतै बिना कारण पत्रकार फसाएको भनि सामाजिक संजाल भरिएको छ, त्यति मात्र होइन संघिय निर्वाचनमा नेपालि कांग्रेसकै उमेद्वार हराउन लागेको भन्ने आधार र प्रमाणहरु जुटी रहेको छ यस्तो अवस्थामा त्यस्तो बिबादित व्यक्तिलाई उमेद्वार बनाउदा नेपालि कांग्रेस समेत बदनाम हुनु पर्ने आलोचना खेप्नु पर्ने परिस्थिति बनेको कांग्रेस जिल्ला सदस्यले गुनासो गरे ।
हेटौडा उपमहानगरपालिका १२ मा नेपालि कांग्रेसले उप चुनाबमा उमेद्वार बनाएका अर्जुन प्रसाद तिवारी कहिले पत्रकार फसाउने त् कहिले मुद्दा मिलाई दिन्छु भनि बिचौलियाको काम गर्ने व्यक्ति रहेको पाहिएको छ । उनै तिवारीले चोरीको बुलेट बाईक प्रयोग गरि पत्रकार फसाउने काम गरेका थिए आज तिनै व्यक्तिलाई कांग्रेसले टिकट दिंदा कांग्रेसनै बिबादित बनेको र यसको अवसर राप्रपाले लिन सक्ने कांग्रेस भित्र बाट चर्चा हुने गरेको छ ।