बाढी पिडितलाई वितरण गरिएको राहत पुर्व माननीय परिवारले पनि बुझे

सुवाश चन्द्र ठकुरी परिवारलाई सिस्नेरीमा राहत
बागमती एक्सप्रेस
२३ आश्विन २०८१, बुधबार ०८:१३

बागमती प्रदेश सरकार र स्थानीय सरकारले बाढी पहिरो पिडितको पिडालाई अन्देखा गरे पछी बाढी पहिरो पिडितलाई स्थानीय जनस्तर बाट बाँढेको राहतमा समेत दलीय गन्ध देखिएको हो ।

असोज १० गते वाट परेको अविरल बर्षा र १२ गते गएको भिषण बाढी पहिरोले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका भित्र रहेका फाखेल सिस्नेरी कुलेखानी लगायतका क्षेत्रम बसोबास गर्ने नागरिक बाढी पहिरो बाट पिडित भएको धन-जनको क्षति भएको विवरण सार्वजनिक भए पछी विभिन्न सामाजिक संघ संस्थाले त्यस भेगका नागरिकलाई वितरण गरेको राहतमा समेत राजनीतिक गन्ध देखिएको हो ।

पिडित लक्षित् गरेर नागरिक स्तर बाट गरिएको राहत सहयोगमा समेत राजनीतिक बैमानी भएको स्थानीयले आरोप लगाएका छन ।

सिस्नेरी बाढी पहिरो पिडितलाई असोज २१ गते बितरण गरिएको राहत् वितरण कार्यक्रममा राजनीतिक गन्ध देखिएको र सामाजिक संजाल मार्फत चौतर्फी बिरोध भएको पाहिएको हो ।

असोज २१ गते इन्द्रसरोवर गाउँपालिका ३ मा रुपक वानियाँ सहितको टिमले उपलब्ध गराएको राहत कुनै पनि सर्वदलीय बैठक समेत नगरी पिडितको डाटा समेत संकलन नगरी राहत वितरण गरिएको र पिडित बर्ग भन्दा पनि कार्यकर्ता बर्गले राहत पाएको भन्दै जनगुनासो बढेको हो ।

असोज २१ गते इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा वितरण गरिएको राहत वितरण कार्यक्रममा राहत लिने लाइनमा संविधान सभा सदस्य समेत भएका नेकपा एमाले केन्द्रीय सदस्य बत्सला देबी मा.बि सिस्नेरिका अध्यक्ष सुबाश चन्द्र ठकुरीका आमा अन्तरी ठकुरीले समेत राहत लिए पछी राहतमा राजनीतिक गन्ध देखिएको प्रस्टै हुने स्थानिएको आरोप रहेको हो । पुर्व माननीय,निर्माण ब्यबसायी पार्टीका केन्द्रीय सदस्य समेत रहेको परिवारले समेत जना स्तर वाट वितरण गरिएको राहतमा झोली थाप्ने कार्य भए पछी असली पिडितले राहतमा कसरि पहुँच पुर्याउन सक्लान भन्ने बिषय समेत चर्चाको बिषय बनेको छ । पुर्व माननीय सुबाश चन्द्र ठकुरी परिवारलाई रहतकै आवश्यकता भए उनको सरकार संग पहुँच भएको र सरकार वाटनै राहत लिन सक्ने हैसियत भएको अवास्थामा समेत नागरिक स्तर वाट वितरण गरिएको राहतमा किन झोली थाप्न लगाए भन्ने बिषयले पनि “फ्री मा पाए अलकत्रा समेत खान्छन” भन्ने उखानलाई चरितार्थ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*