महाङ्काल गाउँपालिका सम्म बाटो खुल्यो

बागमती एक्सप्रेस
१९ आश्विन २०८१, शनिबार १२:०८

ललितपुर जिल्लाको दक्षिण भेगमा रहेको ललितपुरकै कर्णाली भनेर चिनिने महाङ्काल गाउँपालिका जाने बाटो असोज १० गते बाट सुरु भएको अविरल बर्षाको कारण पूर्ण रुपमा अबरुद्ध भए पछी त्यस भेगका नागरिकले सास्ती भोग्दै आएका थिए । चाड पर्वको मुखमा सहर संगको सम्बन्ध नै बिच्छेद भएको महाङ्काल गाउँपालिका बासि नागरिकलाई आज बाट केहि राहत भएको छ ।आज बाट ललितपुर लेले बाट नल्लु चौघरे ठोस्नेखोला माथिल्लो मानिखेल हुँदै गोटीखेल सम्म पुग्न सकिने गरि ट्रयाक खोलिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी गराएका छन ।

अविरल बर्षाको कारण आएको बाढीले गोटीखेल बजार पूर्ण रुपमा डुवानमा परेको थियो भने गोटीखेल मानिखेल बुखेल लगायतका बस्ति पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । गोटीखेल बजारमा रहेको प्रहरी चौकी बन कार्यालय बोर्डिंग स्कुल लगायतका कार्यालय हरु पूर्ण रुपमा डुवानमा परेको थियो । निरन्तर परेको पानीकै कारण त्यस भेगमा बिधुत सेवा टेलिफोन सेवा सडक संजाल पूर्ण रुपमा अबरुद्ध भएको थियो । पालिकाको अथक प्रयास पछी महाङ्काल गाउँपालिका बिस्तारै सामान्य बन्दै गइ रहेको छ । आज वाट ललितपुर बजार संग सडक संजाल समेत जोडिन पुगे पछी त्यस भेगका नागरिकको दैनिकी सहज हुने आंकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*