विपदमा सहयोग गर्न महाङ्काल गाउँपालिकाले गर्यो अनुरोध

बागमती एक्सप्रेस
१६ आश्विन २०८१, बुधबार ११:३३

ललितपुर जिल्लाको दक्षिण भेगमा रहेको ललितपुरकै कर्णाली भनेर चिनिने महाङ्काल गाउँपालिकाले विपद लक्षित् गरि सहयोगको लागि सबै संग अनुरोध गरेको छ । महाङ्काल गाउँपालिकाको ६ वटै वडामा २०८१ असोज १० गते बाट परेको  अविरल बर्षाको कारण ठुलो मात्रामा धनजनको क्षति भएको छ । पालिकाको सदरमुकाम गोटीखेल बजार २ नम्बर वडाको मानिखेल र १ नम्बर वडाको बुखेल बढी प्रभावित् भएका छन भने पालिका भित्र रहेका सबै सडक संजाल बिच्छेद भएको छ । अविरल बर्षाको कारण १२ असोजको बाढी पहिरोको कारण पालिकामा बिधुत सेवा समेत अबरुद्ध भएको पर्याप्त खाने पानीको सुबिधा समेत नभएको सयौ व्यक्ति घरवार बिहिन भएको बेपत्ता नागरिकको खोजि कार्य भैरहेको पालिका भित्र रहेका कयौ नागरिकको ज्यान समेत गएको अवस्थालाई मध्य नजर गरि पालिका निक्कै विपदमा परेका कारण सबैजनाले आफ्नो आफ्नो ठाउँ बाट पालिकालाई पालिका भित्र विपदमा परेका व्यक्तिलाई सहयोग गर्न पालिकाले एक सुचना मार्फत अनुरोध गरेको छ ।

महाङ्काल गाउँपालिकाले खाद्यान्न लत्ता कपडा देखि औषधि लगायतका स्वास्थ्य सामाग्री समेत सहयोग गर्न सुचना मार्फत अपिल गरेको हो । पालिकाले प्रकाशन गरेको अपिलमा भनिएको छ “अविरल बर्षाले पालिका भित्र रहेका बिपन्न नागरिकहरु जो दैनिक कमाएर गुजारा गर्ने अवस्था रहेकोछ उनि हरुको दैनिकि जीवन यापनमा समस्या भएको कारण बिभिन्न संघ सस्था व्यक्तिले सहयोग गर्न सक्नु हुनेछ” बिभिन्न संघ सस्था हरुले महाङ्काल गाउँपालिकाको विपदा ब्यबस्थापन समितिको निर्णय अनुसार लक्ष्मी सनराइज बैकको खाता नम्बर ०८४०५६१००८७०३०२४ स्थानीय तह प्रकोप ब्यबस्थापन कोषको नाममा सहयोग गर्न सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले सुचना मार्फत अपिल गर्नु भएको छ ।

महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर के.सी को सक्रियतामा पालिका भित्र रहेका सडक संजाल मर्मत उद्धार देखि सहयोग संकलनमा सक्रिय भएर काम थालनी भएको जानकारी स्थानीयले बताएका छन ।

महाङ्काल गाउँपालिका भित्र बिधुत संजाल बिच्छेद देखि टेलिफोन सम्पर्क समेत टुटन गएको छ । पालिकामा भएको विपदमा सहयोग गर्न चाहाना भएका संघ संस्था व्यक्तिले गाउँपालिका अध्यक्ष गणेश के.सी सम्पर्क नम्बर ९८५१०७१७५२ उपाध्यक्ष डोल्मा माया गोले ९८६०५०४८०० प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट ९८५१३२००४५ पालिका प्रवक्ता जोनी कुमार न्यासुर ९८४१२४६७३४ मा सम्पर्क गरि सहयोग गर्न सकिने पालिकाले अपिल मार्फत जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*