सुख्खा पहिरोको कारण राजमार्ग अवरुद्ध

बागमती एक्सप्रेस
१४ आश्विन २०८१, सोमबार २२:०३

नारायणघाट मुग्लिन पृथ्वी लोकमार्ग हुँदै काठमाण्डौं जाने बाटो सुख्खा पहिरोको कारण पूर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आज सांझ ७ बजे आसपासको समयमा जिल्ला धादिङ गजुरी गाउँपालिका २ परेवा भिर स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट सुख्खा पहिरो खस्न जाँदा बाटो दुवै तर्फी बन्द भएको र सम्पूर्ण सुरक्षा निकाय पहिरो पन्छ्याउने कार्यमा खटि रहेको भए पनि तत्काल बाटो संचालनमा आउन नसक्ने अवस्था रहेको प्रहरी श्रोतले जानकारी गराएको छ ।

बिहिबार देखि परेको अविराल बर्षा हिजो देखि सुधार भए पनि बिभिन्न स्थानमा पहिरो जाने क्रम भने रोकिन सकेको छैन । परेवा भिर स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएको र आज राति नै पन्छ्याउन नसकिने अवस्था रहेको कारण सम्पूर्ण सवारी चालकहरुले आ-आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न हुन समेत जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ । साथै पहिरोको जोखिम रहेका कारण नारायणघाट हुँदै काठमाण्डौं जाने र पोखरा गोर्खा हुँदै काठमाण्डौं जाने बाटो पूर्ण रुपमा बन्द रहेको कारण उक्त मार्गभै यात्रा नगर्न समेत प्रहरीको अनुरोध रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*