परेली समुह जिल्ला लिग अन्तर्गत समूह क को शिर्षस्थानमा

बागमती एक्सप्रेस
२७ भाद्र २०८१, बिहीबार २२:३०

हेटौंडा १९ बस्तीपुरको परेली क्लव हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह क को शीर्षस्थानमा उक्लिएको छ । परेलिले अहिले सम्म ५ खेल खेल्दा परेली समूह अपराजिता रहेको छ ।  हेटौंडा १९ बस्तीपुरको परेली क्लव हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह क को शीर्षस्थानमा उक्लिएको छ ।

५ खेलबाट ११ अंक जोड्दै परेली समूहको शीर्षस्थानमा उक्लिएको हो । परेलीले ५ मध्ये ३ जित र २ खेल बराबरी खेलेको हो । ११ अंक जोडेर शीर्षस्थानमा उक्लिने क्रममा परेलीले बिहीबार हेटौडा ११ सिमलटार खेल मैदानमा एफसी इन्टरनेटलाई २–० ले हराएको हो । परेलीका लागि कप्तान राम लामा र होमराज स्याङ्तानले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच परेलीका होमराज स्याङ्तान घोषित भए । यस समूहमा दोस्रो स्थानमा रहेको एफसी पोतालाको १० अंक रहेको छ ।

यस्तै सक्षम युवा क्लव ६ अंकसहित तेस्रो स्थानमा रहँदा एफसी इन्टरनेट र राप्तीरिभर युवा क्लव (आरआरवाइसी) को समान ४ अंक रहेको छ । विजय यूथ क्लवको १ अंक रहँदा हेटौंडा भेट्रान्स अझै जितको खोजीमा रहेको छ । प्रत्येक समूहबाट उत्कृष्ट तीन क्लवले ए डिभिजनस्तरको मान्यता प्राप्त गर्नेछन् । समूहको पहिलो र दोस्रो हुने क्लवले मात्र नकाउट चरणको खेल खेल्न पाउनेछ ।  बिहीबार भएको खेलमा पिप्ले युवा क्लव, आरआरवाइसी र इन्टरनेट सिटी विजयी भएको छ ।

पिप्लेले महाबीर क्लवलाई ७–० ले हराएको हो । करिब एक पक्षीय खेलमा पिप्लेका लागि निरब घलानले ४ तथा सुसन वाइबा र आर्यन थापा मगरले समान एक÷एक गोल गरेका हुन् । एक गोल भने उपहार स्वरुप पाएको थियो । यो संगै पिप्ले युवा क्लबले लिगको सुरुवाती जित निकालेको हो । ४ गोल गरेका घलान नै खेलको म्यान अफ द म्याच घोषित भए ।

गौरिटार खेल मैदानमा भएको अर्को खेलमा आरआरवाइसीले हेटौंडाको विजय यूथ क्लवलाई १–० ले हरायो । सन्देश राईले गरेको गोल नै आरआरको लागि निर्णायक बन्यो । गोल गरेका राई नै खेलको म्यान अफ द म्याच घोषित भए । बिहीबारै भएको खेलमा इन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई ४–२ ले हराएको छ । जारी प्रतियोगितामा शुक्रबार पनि ४ वटा खेल सञ्चालन हुनेछ । जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी २८ वटा क्लवलाई ४ वटा समूहमा विभाजन गरी खेल सञ्चालन भैरहेको छ । जिल्ला लिगको विजेताले एकलाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*