दुग्ध लिटर अनुदान काण्ड – वडा अध्यक्ष तिन रुपयाँ छपन्न पैसा असुल्ने पालिका बिस पैसाको सुचना निकाल्ने
ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको कार्यालयले गाउँपालिका भित्र रहेका दुग्ध संकलन केन्द्र दुग्ध सहकारी संस्थाहरुले आफ्नो दुग्ध संकलन केन्द्रमा संकलन भएको दुग्धको प्रति लिटर बिस पैसा गाउँपालिकामा राजस्व दाखिला गर्न सुचना प्रकाशन गरेको छ भने उक्त गाउँपालिका १ का वडा अध्यक्ष राम प्रसाद घिमिरेले भने प्रदेश सरकारले असली दुग्ध किसानलाई प्रति लिटर तिन रुपयाँ चापन् पैसा दुग्ध लिटर अनुदान दिदै आएको भए पनि घिमिरेले किर्ते कागज बनाई आफै किसान बनि झ्वाम पार्दै आएका छन पालिका बिस पैसा आन्तरिक श्रोत राजस्व वृद्धि गर्न खोज्ने त्यहि पालिकाको जनप्रतिनिधि पालिकाले उठाउने भनेको राजस्वको १० गुणा झ्वाम पर्ने भन्दै बिरोध भएको छ ।
पालिकाले पालिका भित्र रहेका दुग्ध संकलन केन्द्र दुग्ध सहकारी संस्थालाई पालिका संगको सहकार्य बढाउँन र कृषकलाई बिभिन्न कृषि अनुदान दिने हेतुले बिस पैसा आन्तरिक श्रोत मार्फत राजस्व संकलन गर्न गाउँसभा बाट कार्यविधि पास गरि सुचना निकालेको हो । गाउँपालिकाले अन्तरिक श्रोत मार्फत पालिकाको आय बढाउँन खोजेको भए पनि सोहि पालिकाका जनप्रतिनिधि घिमिरे फर्जी कागज बनाई नक्कली किसानको हाजिर भौचर उठाई अनुदान रकम झ्वाम पार्न माहिर भए पछी पालिकाको सुचनामा बिरोध उत्पन्न भएको हो । पालिकाका एक स्थानीय भन्छन “पालिका बिस पैसा राजस्व संकलन गर्ने रणनीति तय गर्छ जनप्रतिनिधि १० गुणा बढी रकम फर्जी कागज बनाएर असुल गर्छन यस्तो अवस्थामा पालिकाले उठाउने राजस्व कसरि पारदर्शी होला” उनले थपे महाङ्काल गाउँपालिका १ का वडा अध्यक्ष राम प्रसाद घिमिरेले स्थानीय सरकार संचालन कार्यविधि बिपरित कार्य गर्छन अनि गाउँसभाले बनाएको कानुन स्थानीयले कसरि मान्छन ।
अध्यक्ष घिमिरेले आफु वडा अध्यक्ष भएको समयमै नेपाल सरकारले दुग्ध किसानलाई दिदै आएको लिटर अनुदान कार्यक्रमा अन्तरगत वडा अध्यक्ष घिमिरेले आफैले पनि लिटर अनुदान बुझेको पाहिएको हो । वडा अध्यक्ष घिमिरेले आफ्नो वडामा घिमिरे शासननै चलाउदै आएको जनगुनासो समेत रहने गरेको छ । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका १ कत्वनबेशीमा गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको समेत अध्यक्ष हुदाँ वडा अध्यक्ष घिमिरेले आफैले पनि लिटर अनुदान लिएको खुलेको हो । अध्यक्ष घिमिरेले राज्यको पैसा आफुले मात्र दुरुपयोग गरेनन् आफ्ना छोरा बुहारी श्रीमती भाई भतिजा सम्मको हाजिर खडा गरेर लिटर अनुदानको नाममा आर्थिक अनियमितता गरेको पाहिएको हो ।
राज्यले पशु पालक असली कृषकलाइ प्रोत्साहन स्वरूप लिटर अनुदानको कार्यक्रम ल्याएको भए पनि ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष घिमिरे जस्ता जनप्रतिनिधिकै कारण यो अनुदान कार्यक्रम असली किसानले भन्दा पनि “डमी” किसानले फाइदा लिने गरेका छन । “घ्यु कहाँ पोखियो थालमा” भने जस्तै भएको छ दुग्ध लिटर अनुदान कार्यक्रमा ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद घिमिरे लाई ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु पालक कृषकको लागि टेवा पुग्ने उदेश्यका साथ बितरण गरेको लिटर अनुदान कार्यक्रम अनुसार आर्थिक बर्ष २०७८/०७९ को अनुदान वितरणमा ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ मा रहेको गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको नाममा उपलब्ध गराएको लिटर अनुदान रकममा चरम आर्थिक अनियमितता भएको हो । वडा अध्यक्ष घिमिरेले उक्त अनुदान रकम वितरणमा फर्जी कृषकको नाममा अनुदान वितरण गरेका हुन् ।
कृषि तथा पशुपन्छी बिकास मन्त्रालय मार्फत आर्थिक बर्ष २०७८र०७९ को दुग्ध लिटर अनुदान कार्यक्रमा मार्फत महाङ्काल गाउँपालिका वडा नम्बर १ कत्वानबेशीमा संचालनमा रहेको गोकुल दुग्ध उत्पादक सहकारी सस्थाले एक लाख उनान्सतरी हजार सात सय बयासी लिटर दुग्ध संकलनको फर्जी कागजका साथै नक्कली किसानको नाम भर्पाइ बनाइ प्रदेश सरकारले दिने प्रति लिटर ३ रुपयाँ ५६ पैसाको दरले जम्मा हुने रकम छ लाख चार हजार चार सय चौबिस रुपयाँ वडा अध्यक्ष घिमिरेले बुझेको देखिन्छ वडा अध्यक्ष घिमिरेले उक्त रकम बुझ्दा आफुलाई गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको ब्यबस्थापक भनि हस्ताक्षर समेत गरेका छन । आफ्नै दुग्ध उत्पादक सहकारी संस्थामा समेत आर्थिक अनियमितता गरेका घिमिरेले सरकारी सम्पतिमा कति हेराफेरी गरेका होलान स्थानीयको चासो र चिन्ताको बिषय बनेको छ ।