श्रमिक माध्यमिक विद्यालयका प्र.अ दाहाललाइ जी.एस निकेतनको चिन्ता

बागमती एक्सप्रेस
१७ असार २०८१, आईतवार ११:०१

एसईई परीक्षामा सामुदायिक बिद्यालय तर्फ ९९ र संस्थागत बिद्यालय तर्फ ३९ वटा गरी एक सय ३८ विद्यालयका विद्यार्थीहरुले २०८० सालको एसईई परिक्षामा सहभागी भएका थिए । मकवानपुरका केहि सामुदायिक बिद्यालयको रिजल्ट सुधारिएको भए पनि अधिकाश सामुदायिक बिद्यालयको रिजल्ट शिक्षामा लगानी बालुवामा पानि भने जस्तै देखिएको छ ।

मकवानपुरका दुर्गम क्षेत्रका पालिकास्थित सामुदायिक माध्यमिक विद्यालयको २०८० सालको विद्यालय परीक्षा (एसईई)मा छात्रछात्राहरु अत्यन्त न्युन संख्यामा उत्तिर्ण भएका छन । हेटौडा उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको रिजल्ट पनि खस्किएको छ भने उक्त सामुदायिक विद्यालयका शिक्षकलाइ आफ्नो विद्यालयको शैक्षिक् गुणस्तर खस्किएको भन्दा पनि निजि विद्यालयको शैक्षिक गुणस्तर सुधार नहुनुमा चिन्ता लाग्ने गरेको पाहिएको छ ।

हेटौडा उपमहानगरपालिका ४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयको रिजल्ट सन्तोषजनक नभए पनि विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाललाइ भने हेटौडा ५ मा रहेको जी.एस निकेतनको एसईई रिजल्टले भत-भती पोल्ने गरेको पाहिएको हो । आफु प्रधानाध्यापक भएको बिद्यालयको रिजल्ट भन्दा जी.एस निकेतनको रिजल्टले चिन्तित बनाउनुको कारण अन्य केहि नभई जी.एस निकेतन बिद्यालय संचालक समितिका सदस्य हुन् श्रमिक माध्यमिक विद्यालयका प्र.अ दाहाल । सरकारी तलब खाने सरकारी सेवा सुबिधा लिने अनि निजि विद्यालयको संचालक समिति बस्ने निजि विद्यालयको शैक्षिक्  गुणस्तरको कुरा उठाउने कस्तो शिक्षा नीति हो ?

एसईई रिजल्ट सार्वजनिक भए पछी पहिलो पटक ज्ञानदिप बहूदेशिय सहकारी सस्था बाट संचालित जी.एस निकेतन विद्यालयको समिक्षा बैठक असार १५ मा विद्यालयमै बस्यो उक्त समिक्षा बैठकमा प्राय मकवानपुरका सामुदायिक बिद्यालयमा कार्यरत नेपाल सरकारको बेतनधारी कर्मचारी हरुको उपस्थितति रहेको थियो । त्यसै समुहमा थिए हेटौडा ४ मा रहेको श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल पनि ।

अघिल्ला वर्ष भन्दा यो बर्ष जी.एस विद्यालयको शैक्षिक गुणस्तर केहि खुम्चिएको भन्दै समिक्षा बैठकमा चर्को आवाज उठाउनेमा उनै श्रीराम दाहालनै थिए । दाहाल समिक्षा बैठकमा पटक पटक भन्दै थिए जी.एसको रिजल्ट किन सुधार हुन् सकेन यसको जिम्मा कसले लिने दाहालले निक्कै चिन्ता ब्यक्त गरे जी.एसको रिजल्ट सन्तोष जनक भएन भनेर? तर उनै दाहाल प्रधानाध्यापक भएको श्रमिकको रिजल्ट निक्कै खस्किदा दाहाल लाइ त्यताको चिन्ता र चासोले भने छुन सकेन ।

सरकारी बिद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल निजि बिद्यालय संचालक समितिमा भए पछी कसरी सुधारिन्छ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ? श्रमिक माध्यमिक विद्यालयको रिजल्टपो हेर्नेकी श्रीराम सर ? निजि बिद्यलयको समिक्षा बैठकमा निजि विद्यालयको शैक्षिक सुधार किन हुन् सकेन भनेर चर्की-चर्की कराउन सक्ने तपाइँलाइ सरकारी तलब खाने सरकारी सेवा सुबिधा लिने अनि आफु कार्यरत विद्यालयको शैक्षिक् गुणस्तर खस्किदा मौन बस्ने यो कस्तो शैक्षिक् प्रणाली हो ? जी एस को रिजल्ट माथि प्रश्न गर्दा आफ्नो विद्यालयको रिजल्ट पनि हेर्ने कि ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*