समाजसेवी बरालले गरे पिडितलाई घर हस्तान्तरण

हेटौंडाका युवा ब्यबसायी एवम समाजसेवी राष्ट्रिय स्वतन्त्र पार्टी भिमफेदी गाउँपालिका संस्थापक सभापति तथा हाल मकवानपुर क्षेत्र नम्बर–२ का सदस्य समेत रहेका सरोज बरालले बाढी पहिरो पिडितलाई आफ्नै लगानीमा घर निर्माण गरि हस्तान्तरण गरेका हुन् ।
गत असोज १२ र १३ गते गएको बाढीपहिरो बाट घरखेत बगाउँदा पिडित भएका बलबहादुर कार्कीको परिवारलाई समाजसेवी बरालले सहयोग गर्दै आफूले निर्माण गरिदिको दुईकोठे घर एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
युवा व्यवसायी तथा समाजसेवी सरोज बरालले भने भिमफेदीका बाढी पहिरो पीडितहरु धेरै भएको भए पनि आफुले निक्कै बिपन्न तथा गरिव परिवारको समस्या बुझेर बलबहादुर कार्कीको लागि घर बनाएर सहयोग गरेको बताए । युवा व्यवसायी तथा समाजसेवी बरालले कार्कीको लागि निर्मित गरेको घर ३ लाख रुपैयाँ लागतमा निर्माण भएको बताए ।
भिमफेदी ८ इपा वेसि निवासी बाढीपहिरो बाट घरखेत बगाउँदा पिडित भएका बलबहादुर कार्कीले नवनिर्मित घर बुझ्दै गाउँपालिकाले राहतको नाममा १० हजार बाहेक अरु केही नदिएको गुनासो गरे । ‘पहिरोले पिडित बनाएपछी ५ जनाको परिवार पाल्न निकै कष्ट भएको छ । सरकारले एक बोरा चामल, त्रिपाल र १० हजार रुपैँयाबाहेक अरु केहि दिएके छैन’ उनले भने ।
गत असोजमा परेको अविरल वर्षाले मकवानपुरको कुलेखानी ड्याम भरिन गई बाढी पस्दा इन्द्रसरोवर र भीमफेदी गाउँपालिकामा क्षति पुर्याएको थियो । बाढीले सिस्नेरीको ३० भन्दा बढी घर डुबानमा परेका थिए भने मानवीय क्षतिसमेत पुर्याएको थियो । क्षतिको विवरण संकलन गरि पालिकाले आवश्यक सहयोगको लागि समेत काम गरि रहेको भए पनि निक्कै समस्यामा परेका पिडितलाई तत्कालको समस्या समाधानको लागि अन्यत्र क्षेत्र बाट समेत पहलकदमी भैरहेको पाइएको छ ।
भीमफेदी–८ निवासी बरालले यसअघि समाजसेवामा सरिक हुँदै विद्यालयहरुमा पोषाक वितरण, कोभिडको समयमा खाद्यान्न सहयोग, स्टेस्नरी सामान वितरण लगायतका सहयोग गर्दै आएका छन् । बरालले आफु सामाजिक कार्यमा सधै सक्रिय भएर लाग्ने समेत बताए ।