बैगुनी केटोलाई गुन लगाउन पाथिभरामा केवलकार

२४ लाखको जग्गा करोडौमा बिक्रि गरेको आरोप
बागमती एक्सप्रेस
१२ फाल्गुन २०८१, सोमबार २०:३८

यतिबेला नेपालको पूर्वी क्षेत्र तातेको छ । पूर्वी क्षेत्र संगै नेपालको राजनीति पनि गरम भएको छ । सरकार संचालन गरि रहेको दुई ठुला दल नेकपा एमाले र नेपालि कांग्रेस भित्र पनि धार्मिक क्षेत्रमा व्यक्ति हावी भएको भन्दै  रस्साकसी चलेको छ । केवलकार निर्माणको कुराले नेपालि राजनीतिमा ठुलै बहस समेत चलेको भए पनि प्रधानमन्त्री के.पी शर्मा ओलीको आशिष पाएका नेकपा एमाले सचिव समेत रहेका बैगुनी केटोलाई गुन लगाउन प्रधानमन्त्री ओलीले राजनीतिलाई दाउमा राखेर निर्मम प्रहार गरिरहेको पाइएको छ ।

ताप्लेजुङको प्रसिद्द धार्मिक स्थल पाथीभरा क्षेत्रमा निजी कम्पनीले निर्माण गर्न लागेको केबलकारका बिषयमा एमाले नेतृत्वको सरकारनै किन बलजफ्ती गर्दैछ भन्ने रहस्य बाहिरिएको छ । पाथिभरा संरक्षण समितिका एक सदस्यद्वारा हालै सार्वजनिक भएको विवरण अनुसार पाथीभरामा जुनसुनै हालतमा केबलकार बनाएरै छाडने एमाले सांसद योगेश भट्टाराईको अडानपछिको रहस्य बाहिरिएको छ। जसअनुसार पाथिभरामा केबलकार बनाउन साथ दिने र सहयोग गर्ने सर्तमा काफ्लेपाटीमा बन्न लागेको केबलकार स्टेसनमा सांसद भट्टाराईकी श्रीमती र एमाले नेता इस्वरी पौडेल लगायतका व्यक्तिहरूले २४ लाखमा जग्गा खरिद गरे । केहि समयपछि उक्त जग्गा व्यापारी चन्द्र ढकालको निजी कम्पनीलाई ३६ करोडमा बिक्री गरेका रहेछन्। यस बाट पनि बैगुनी केटो जोगाउन प्रधानमन्त्री कति सम्म लचक छन भन्ने प्रस्ट हुन्छ ।

उक्त तथ्यबाट पनि एमाले सांसद भट्टराई र सरकारको नेतृत्व गरिरहेको एमालेनै पाथिभरामा केबलकार बनाएरै छाड्ने र केबलकार परियोजनामार्फत्अस्वाभाविक व्यापार गर्ने अडानमा छन् भन्ने बुझिन्छ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा उत्पन्न भएको विवादले पूर्वी नेपाल महिनौंदेखि अशान्त छ। पाथीभरामा केबलकार बनाउन नहुने माग गर्दै आएको ९‘नो केबलकार’० पक्षदेखि देशभरका सांसदहरुले समेत पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएकोभन्दै गर्दै उक्त कार्य तत्काल रोक्न माग गरिरहेका छन्। तर उक्त क्षेत्रमा केबलकार बनाएरै छाड्ने व्यापारी चन्द्र प्रसाद ढकालको बलजफ्तीका कारण मुक्कुम्लुङ तनावग्रस्त बनेको छ।

केहि दिनअघि सरकार र ‘नो केबलकार’ पक्षबीच भएको ६ बुंदे सम्झौता विपरित निर्माण कार्य पुनस् संचालन गरेपछि केबलकार निर्माणको विरोधमा स्थानीय जनता र सभ्यता बचाऊ अभियानको दोश्रो चरणकोआन्दोलन चर्किएको छ। पछिल्लो केहिदिन यता पाथीभरा क्षेत्रमा भएको सरकारको ज्यादतीलाई स्थानीयले राज्य आतंकको संज्ञा दिएका छन्। स्थानीय जनताले नै उक्त क्षेत्रमा केबलकार बन्न हुन्न भन्ने तथ्यसहित मुक्कुम्लुङको सभ्यता बचाइराख्न आग्रह गर्दासमेत केपी शर्मा ओली नेतृत्वको सरकार आँफै निजी परियोजनामा किन बलजफ्ती गरिरहेको छ भन्ने शंका उत्पन्न हुन भएको छ ।

राज्यसत्ताको चरम दुरुपयोग गरी शक्तिसाली एवं प्रसिद्द तिर्थस्थलमा धार्मिक पद्दति र परम्पराको समेत धज्जी उडाउँदै स्थानीयको सहमति बिना जबर्जस्ती परियोजना अघि बढाउन खोजिएकोमा यसको सरकार नागरिकको कि व्यापारी चन्द्र ढकालको भन्ने प्रश्न उठिरहेको छ । आफ्ना माग राख्ने जनतामाथि सरकार बर्बर रुपमा प्रस्तुत भएपछि कतिपय सांसदहरुले यो सम्मान्य परियोजना नभई केही ठूला राजनीतिक तथा व्यावसायिक घोटालाका सिलशिला भएको जिकिर समेत गरेका छन् । जनता माथि निर्मम प्रहार गरेर सरकार बैगुनी केटोलाई किन यति बिधि गुन लगाउन खोजि रहेछ भन्ने बिषय चासोको बिषय बनेको श्रोतको दावी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*