करोडौ राजस्व छल्दै चुन ढुङ्गा ओसार्दै , चुनढुंगा निर्यात निकासी कर छल्न चोर बाटो

बागमती एक्सप्रेस
६ फाल्गुन २०८१, मंगलवार १२:४०

मकवानपुर गढीगाउँपालिकाको ७ नम्बर वडामा रहेको खोरेटार खानीबाट उत्खनन भएको चुनढुंगा हेटौडा १६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योग लिमिटेडले सिमेन्ट उत्पादन गर्नको लागि खानी तथा भूगर्भ विभागले अनुमति दिएको भए पनि उक्त खोरेटार खानी आसपासबाट निकालिएको चुनढुंगा अन्यत्र निकासी हुने गरेको पाइएको छ । मकवानपुरगढी गाउँपालिका भित्रको ढुङा गिट्टीले फास्ट ट्र्याकको पर्खाल लगाउने कार्य सम्पन्न हुदा समेत पालिकामा भने कुनै राजस्व जम्मा हुन सकेको छैन ।

दैनिक रुपमा निकासी कर र राज्यलाई बुझाउनु पर्ने राजस्व समेत छलेर खोरेटार खानी आसपासका स्थानबाट उत्खनन भएको चुनढुंगा सिधै हेटौडा औधोगिक क्षेत्र देखि हेटौंडा बजारमा ढुवानी हुने गरेको औद्योगिक यरियामा रहेको लक्ष्मीलाईन भन्ने पाउडर प्लान्टमा लैजाने गरेको तथ्य बाहिरिएको छ । ढुवानीकर्ताले मकवानपुरगढी गाउँपालिका ७ बाट ढुवानी गरेको चुनढुंगा शिवम् सिमेन्टमा मात्र जानू पर्ने अवस्थामा सामान्य चलान काटी सिधै औधोगिक क्षेत्रमा रहेको लक्ष्मी लाईन पाउडर प्लान्ट लगायतका स्थानहरुमा निकासी गर्ने गरेको स्थानीयले थाहा पाए पछी स्थानीयले हिजो खोरेटार खानी आसपासबाट चुनढुंगा बोकेर आउने टिपरलाई मकवानपुरगढी गाउँपालिका २ सोल्टीमोडमा रोकेका थिए ।

ढुवानीकर्ता र स्थानीय बिच हिजो सांझ आगामी दिनमा भिसिटीएस, भ्याट बिल काटेर मात्र ढुंगा ढुवानी गर्ने सहमति भए पछी रोकिएको टिपर छोडिएको थियो । स्थानीय र ढुवानी पक्ष बीच भएको सहमति ढुवानी पक्षले कार्यन्वयन नगरे पछी उक्त स्थानमा चुनढुंगा बोक्ने टिपरहरु रोकिएको हो । टिपरहरु रोकिए पछी राजनीतिका दलको दबाबमा स्थानीय प्रशासनले रोकिएका टिपरहरु खुलाउन प्रहरी प्रशासन प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन् ।

खोरेटार खानी आसपासबाट चुनढुंगा बोकेर आउने टिपरले शिवम् सिमेन्टको नाममा चलानी काट्ने गरे पछि उक्त ढुङा शिबममै जानू पर्ने भएको भए पनि अन्यत्र ढुवानी गर्ने गरेको स्थानीयले आरोप लगाएका छन । हेटौडा औधोगिक क्षेत्रमा रहेको लक्ष्मीलाईन पाउडर प्लान्टलाई ढुंगा ढुवानी गर्दा राज्यलाई करोडौ राजस्व छली हुने गरेको पाइएको हो ।

शिवम् सिमेन्टले मकवानपुर गढी गाउँपालिकाबाट चुनढुंगा निकासी गर्दा एक मुस्ट स्थानीय तहलाई निकासी कर तिर्ने गरेको कारण सोही स्थानीयतहलाई तिर्ने राजस्व बाटनै खोरेटार खानी आसपासबाट हेटौडा १६ हुँदै भित्री बाटो मार्फत सिधै हेटौडा औधोगिक क्षेत्र लगायतमा ढुवानी गर्ने गरेको पाइएको छ ।

शिवम् सिमेन्टले सिमेन्ट तथा किलिंकर बेच्ने अनुमति मात्र पाएको भए पनि उद्योगले राज्यलाई करोडौ राजस्व नोक्सानी हुने गरि चुनढुंगा समेत बिक्रि गर्ने गरेको भन्दै चौतर्फी बिरोध हुने गरेको छ । राज्यलाई तिर्नु पर्ने कर छली गरी ढुवानी पक्षले चरम राजस्व दोहन गरेको भन्दै स्थानीयले आवाज उठाउदै आएका छन्। स्थानिय भन्छ्न शिबम सिमेन्टले आफ्नो खानी बाट लगेको ढुङा आफ्नै उद्योगमा प्रयोग गर्दा कुनै बिबाद नरहेको बताए । पालिका वा संघीय सरकारलाई राजस्व  तिरेर लानु पर्ने स्थानियको माग रहेको छ । शिबम सिमेन्टको बहाना बनाई अधिकाश ढुङा फास्ट ट्र्याक हटिया हेटौंडा बजार लगायतका स्थानमा लैजाने गरेको र राजस्व छली गर्ने गरेको आरोप स्थानियले लगाउदै आएकाछ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*