महाङ्काल गाउँपालिकामा महाजात्रा , कहिले रोकिन्छ अनियमितता

ललितपुरको महाङ्काल गाउँपालिकालाई ललितपुरको कर्णाली भनेर पनि चिनिन्छ । ललितपुरको कर्णाली भनेर चिनिने महाङ्काल गाउँपालिका आर्थिक अनियमिततामा भने अब्बल दर्जामानै परिचित रहेको पाहिन्छ । २०७९ को स्थानीयतह निर्वाचनमा नेपालि कांग्रेस वाट पालिका अध्यक्षको उमेद्वार बनेका गणेश बहादुर के.सी महाङ्काल गाउँपालिकाको अध्यक्ष निर्वाचित भए पछिका दिनमा महाङ्काल गाउँपालिकामा आर्थिक अनियमितताको बढ्दो क्रम देखिएको छ ।
जिल्लाको दक्षिण भेगमा पर्ने महाङ्काल गाउँपालिका भित्रको अनियमितताले पछिल्लो समय निक्कै चर्चा पाउने गरेको छ । पालिकाको छ वटै वडामा नेपालि कांग्रेसका तर्फ वाट उमेद्वार भएका वडा अध्यक्षले जिते पछी पालिकामा आर्थिक अनियमितता बढेको श्रोतको दावी छ ।
पालिका अध्यक्ष के.सीकै पालामा पालिकाको आर्थिक अनियमितता बढी देखिएको पालिकाको लेखा परिक्षणले पुस्टि गरेको छ । पालिकाले बिल भरपाई बिनानै भुक्तानी गर्ने खरिद नियमावली भन्दा बाहिर गएर सामान खरिद गर्ने जस्ता कार्य गरेको पाइएको हो ।
महाङ्काल गाउँपालिकाको सार्वजनीक लेखा प्रतिबेदनलाई आधार मान्ने हो भने पालिकामा चरम बेथिति आर्थिक अनियमितता रहेको पाइएको छ ।
पालिकाले बिबेक दाहाललाई कुनै बिल प्रमाण बिनानै रकम दिएको, एस.एम ट्रेडर्स बाट एक लाख १९ हजार बढीको समान खरिद गरेको भनि भुक्तानी गरेको पाइएको हो । पालिकाले समान खरिद गरेको भनि भुक्तानी गरेको भए पनि सम्बन्धित ट्रेडर्सवाट के समान खरिद भएको हो कुनै बिल भरपाई बिनानै पालिकाले भुक्तानी गरेर आर्थिक अनियमितता गरेको हो । पालिकाले खैरिडाडा खानेपानी निर्माणमा समेत बढी भुक्तानी गरि अनियमितता गरेको तथ्य सार्वजनिक भएको छ ।
पालिकाले २ लाख ९८ हजार बढी मुल्यको पाईप खरिद गरि चेत बहादुर बि.क लाई हस्तान्तरण गरेको बिल भरपाई बनाइ पालिका वाट भुक्तानी गरेको भए पनि उक्त पाईप कहाँ प्रयोग भयो भन्ने यकिन हुन् सकेको छैन पालिकाले उक्त पाईप खरिदको नाममा समेत अनियमितता गरेको पाइएको हो । अध्यक्ष गणेश बहादुर के.सिको पालामा पालिकामा चरम आर्थिक अनियमितता हुने गरेको प्रमाण महालेखा परिक्षकको कार्यालयको प्रतिबेदनमा उल्लेख भएको हो ।
महाङ्काल गाउँपालिकाले कुनै पनि प्रमाण कागज बिल भर्पाइ बिनानै बिभिन्न शिर्षकमा तिस लाख ९० हजार बढी भुक्तानी गरि पालिकाको बजेट अनियमितता गरेको छ भने कर्मचारीको पारिश्रमिकको नाममा समेत संघिय कानुन बिपरित भुक्तानी गरेको पाइएको हो । अध्यक्ष गणेश बहादुर के.सीले किन रोक्न सकेनन पालिकाको अनियमितता ? पालिका भित्रको बेथिति आर्थिक अपचलनमा किन मौन छन अध्यक्ष के.सी आम नागरिकको प्रश्न रहेको छ । अध्यक्ष के.सीले सचिवालय हेर्ने गरि राखेका आफ्नै सहयोगीको तलब समेत आफैले बुझेको समेत महालेखा प्रतिबेदनमा उल्लेख भएको पाइएको हो ।