हेटौडाको उपकार मेडिकलको ठगि धन्दा बिरामीलाई झुक्काऊदै पैसा असुल्दै
हेटौडा उपमहानगरपालिका १ राप्ति रोडमा रहेको उपकार मेडिकल हलले उपचार गर्न आएका बिरामी लाई ठग्ने काम गरेको पाहिएको हो ।
एलोपेथिक औषधी बेच्न पाउने अनुमति पाएको उक्त उपकार मेडिकलले बिरामी चेक जाँच समेत गर्ने गरेको पाहिएको छ । उक्त मेडिकलले एम.बि.बि.एस डाक्टर विवेक शर्माको पर्चा भजाएर असुली गर्ने गरेको समेत पाहिएको छ ।
बिरामी सित् डाक्टर फि भनेर प्रति बिरामी सात सय रकम लिने गरेको पाहिएको छ।सेवा लिन आएका संग पैसा लिने तर बिल नदिने गरेको समेत पाहिएको हो।उपकार मेडिकलले बिलनै नकाटी राजश्व छली गर्दै आएको समेत पाहिएको हो बिरामी लाई डाक्टर विवेक शर्मा लेखिएको प्रेसकिप्सन दिने र त्यो दिए बापत बिना बिल सात सय असुली गर्ने गरेको छ ।
बिरामी सित् डाक्टर टिकटको नाममा पैसा असुली गर्ने बिल नदिने र बिरामी लाई उपचारको लागि बोलाएको समयमा मेडिकलनै बन्द गर्ने जस्तो कार्य गर्दै आएको उपकार मेडिकलकै कारण सयौ सेवाग्राहीले समस्या भोग्नु परेको बताउदै आएका छन ।
उपकार मेडिकललाई औषधी ब्यबस्था बिभाग बिरगंजले एलोपथिक औषधी बेच्नको लागि दिएको अनुमति २०७८ माघ २ गते सम्म कायम रहेने भनि उल्लेख गरेको अवस्थामा उपकार मेडिकलले सोहि अनुमति पत्र देखाई मेडिकल संचालन गर्दै आएको पाहिएको हो ।
उपकार मेडिकलले औषधी बिक्री तथा उपचारको नाममा बिन बिल बिना रसिद असुली गर्दै गरेको अवस्थामा समेत आन्तरिक राजश्व कार्यालयको ध्यान जान नसक्नुले नागरिकले दुख झेल्नु परेको छ ।
बिरामी सित डाक्टर फि को नाममा महँगो असुली गर्ने उक्त मेडिकलले बिरामी उपचारमा जाँदा मेडिकल बन्द गर्ने खुलेको भए पनि डाक्टर नआउने जस्ता कार्य हुने गरेको पाहिएको हो । नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने अनुमति एलोपेथिक औषधी बेच्ने लिने तर काम भने अनुमति बेगर गर्ने उपकार मेडिकललाई कसले गर्ने कारवाही ? राज्यलाई राजश्वमा छली गर्ने अधिकार उपकार मेडिकललाई कसले दियो ? बिना बिल बिना रसिद सेवाग्राही सित रकम असुल्ने अनुमति कहाँ वाट पायो उपकार मेडिकलले ? डाक्टर विवेक शर्माको प्रेसकिप्सन देखाएर प्रति बिरामी ७ सय असुल्दै आएको उपकार मेडिकलले डाक्टर शर्माले राज्यलाई कर दाखिला गर्छन कि गर्दैनन् ? अनुमति एलोपेथिकको काम मिलिभगतको कहिले सम्म ? उपकार मेडिकलको असुली रोक्ने तागत राख्न सक्ला त् मकवानपुर प्रशासनले ? उपभोक्ताबादी संघ संस्थाको किन जादैन ध्यान आमनागरिकको गुनासो रहेको छ ।