बाजुरामा गयो ५.२ म्याग्नेचुटको भुकम्प
बाजुरा जिल्लालाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको छ। बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण घरहरु चर्किएका छन् । के कति क्षेत्रमा क्षति भएको छ भन्ने विवरण आउन बाकी रहेको छ । भुकम्पका कारण त्यस भेगका नागरिकमा त्रास फैलिएको बाजुरा बाट हाम्रा सहकर्मिले जानकारी दिनु भएको छ । गोत्री आसपासमा रहेको घरहरुमा भुकम्पको कारण क्षति भएको सुचना प्राप्त भएको छ ।