३ सय ३४ प्रतिनिधि बीच एमाले मकवानपुरमा कार्की र श्रेष्ठको भिडन्त

बागमती एक्सप्रेस
१ पुष २०८१, सोमबार १२:०६

केहि बर्ष पहिला गोजी वाट नाम झिकेर पद बाँडफांड गर्ने नेकपा (एमाले) यति बेला लोकतान्त्रीक परिपाठीमा चलन थालेको छ ।

नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिकाको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

हेटौंडास्थित जिल्ला पार्टी कार्यालयमा मतदान सुरु भएको हो । अध्यक्षका लागि बोलबहादुर कार्की र जेन श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, उपाध्यक्षका लागि इन्द्रप्रसाद खतिवडा, धनबहादुर मुक्तान र राजकुमार बास्तोलाको उम्मेदवार छ भने सचिवका लागि प्रकाश बानियाँ र शान्ता गौतम ‘प्रदिप’ चुनावी प्रतिस्पर्धामा रहेका छन् । उपसचिव खुलामा अर्जुनप्रसाद अर्याल, कवि रेग्मी, सुरेश मिजार, शान्तेकुमार लामा तामाङ र शिवबहादुर थापाको उम्मेदवार रहँदा महिला उपसचिवका लागि चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालको उम्मेदवारी छ ।

३ सय ३४ प्रतिनिधि रहेको निर्वाचनले ८१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी निर्माण गर्ने बताइएको छ । आजनै मतदान सम्पन्न गरि मत गणना समेत गरिने निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*