मेयर साब कहिले बन्छ बासुदेब सभागृहमा आलिशान भवन

वानियाँ/लामा/रसुवा जेभीले कार्य सम्पन्न गर्ने सम्झौता मिति आज सकियो
बागमती एक्सप्रेस
२१ मंसिर २०८१, शुक्रबार २१:३८

हेटौडा उपमहानगरपालिका ४ मा रहेको बासुदेब सभागृह भत्काएर सुबिधा सम्पन्न बासुदेब स्मृति ब्यबसायिक भवन निर्माण गर्ने हेटौडा उपमहानगरपालिकाको योजना निर्माण कम्पनीको अकर्मन्यताका कारण बेबारिसे जस्तै बनेको छ । हेटौडा उपमहनागरपालिकाले नगरपालिकाकै गौरवको योजनाको रुपमा लिएको यस भवन निर्माणलाई उपमहानगरपालिकाले चासो दिन नसक्दा भवन निर्माण त् एका देशको कथा जस्तै भयो भने निर्माण कम्पनीले उपमहानगरपालिका वाट असुलेको रकमले उपमहानगरपालिकानै समस्यामा परेको श्रोतको दाबि छ ।

बासुदेब सभागृह भत्काएर सुबिधा सम्पन्न व्याबसायिका भवन बनाउन हेटौडा उपमहानगरपालिकाले टेन्डर आयोजना गरेको थियो उक्त टेन्डर वानियाँ/लामा/रसुवा जेभीले ४७ करोड त्रियानब्बे लाख बहत्तर हजार सडतिस रूपयाँमा टेन्डर परेको थियो । बानियाँ निर्माण सेवा नामको कम्पनि नेपालि कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँ समेतको रहेको छ ।

सुरुवाती क्रममा बासुदेब सभागृह भत्काएर तिब्र गतिमा निर्माण कार्य गर्ने तयारि गरेको निर्माण कम्पनीले हेटौडा उपमहानगरपालिका बाट मोबिलाइजेशन पेश्की बापत २ करोड दश लाख रकम निर्माण कम्पनिले लिए पछी उक्त भवन निर्माणको कार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले २०७८ मसिर २० गते सुबिधा सम्पन्न ब्यबसायिक भवन बनाउने सम्झौता गरेको थियो भने २०८१ मङ्सिर २१ गते भवन सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख गरेको थियो ।

भवन सम्पन्न गर्ने मिती आज सकिएको छ । भवन सम्पन्न गर्ने मिति आज सकिएको भए पनि निर्माण कम्पनीले कुनै पनि काम सुरुवातनै गरेको छैन मोबिलाइजेशन रकम निकासा भए पछी निर्माण कम्पनीले कामनै बन्द गरेको छ । राज्यको ढुकुटी बाट कामै नगरी २ करोड दश लाख भुक्तानी हुदाँ समेत हेटौडा उपमहानगरपालिका बाट आवश्यक कारवाही हुन् सकेको छैन । निर्माण कम्पनीले उक्त ब्यबसायिक भवन नबनाउने मोबिलाइजेशनको रुपमा लिएको २ करोड दश लाख फिर्ता नगर्ने र निर्माण कम्पनीले निर्माण पुर्व राखेको आफ्नो धरौटी रकम समेत फिर्ता पाउनु पर्ने माग सहितको पत्र हेटौडा उपमहानगरपालिकामा पेश गरेको नगरपालिका श्रोतले बताउदै आएको छ । काम पनि नगर्ने अनि धरौटी रकम पनि फिर्ता माग्ने निर्माण कम्पनिलाई उपमहानगरपालिकाको केहि जनप्रतिनिधिको समेत साथ रहेको श्रोतको दाबि छ ।

भवन निर्माण सम्झौता गर्दा निर्माण कम्पनीको तर्फ बाट लामा/रसुवा जेभी बाट ऋषिराज बानियाँ र बानियाँ निर्माण सेवाको तर्फ बाट अनिल थापा क्षेत्रीले हस्ताक्षर गरेका थिए । निर्माण कम्पनिले मोबिलाइजेशन बापत ठुलो रकम भुक्तानी लगेको बर्षौ हुदाँ समेत काम नगरे पछी निर्माण कम्पनिलाइ तत्काल कार्य सुरु गर्न हेटौडा उपमहानगरपालिकाले हाल सम्म ७ पटक पत्राचार गरि सकेको भए पनि निर्माण कम्पनीले काम भने सुरु गरेको छैन । मोबिलाइजेसन रकम पनि लाने निर्माणको काम पनि नगर्ने भन्दै जनस्तर बाट बिरोध हुन् थालेको भए पनि बानियाँ/लामा/रसुवा जेभीले कुनै प्रतिक्रिया दिएको छैन । हेटौडा उपमहानगरपालिकाले तोकिएको समयमा काम सम्पन्न नगरे कानुन बमोजिम गर्ने चेतावनी निर्माण कम्पनिलाई दिदै आएको नगरपालिका श्रोतले भोलि बाट के गर्छ भन्ने चासोका साथ् हेरेका छन । निर्माण कम्पनिले तोकिएको समयमा काम सम्पन्न गर्ने कुनै तयारि नदेखिएका कारण अब निर्माण कम्पनीलाई कालो सुचिमा राखेर आवश्यक कानुनि प्रक्रिया अगाडी बढाउँन हेटौडा उपमहानगरपालिकाकि नगर प्रमुख मिना कुमारी लामाले निर्देशन दिन सक्छिन कि टुलु टुलु हेरेर बस्छिन भन्ने बिषय चासोका साथ् हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*