मनहरी रेडक्रसको आयोजनामा आँखा शिविर सम्पन्न

बागमती एक्सप्रेस
१८ मंसिर २०८१, मंगलवार १९:५१

मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरमा नेपाल रेडक्रस मनहरी उपशाखाको आयोजनामा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालको चिकित्सक डाक्टरहरुको सहभागितामा आँखा शिविर सम्पन्न भएको नेपाल रेडक्रस मनहरी उपशाखा उपसभापति खुशी कार्कीले बताउनु भयो ।

मनहरी गाउँपालिका ६ लोथरमा रहेको श्री प्रगति राष्ट्रिय आधारभूत बिद्यालयमा आयोजना गरिएको आँखा शिविर कार्यक्रममा १७५ जनाले शिविरमा आँखा परिक्षण गराउनु भएको थियो । १७५ जनाको आँखा परिक्षण गर्दा १४ जनामा मोतिबिन्दुको लक्षण देखिएको पाहीए पछी मोतिबिन्दुको लक्षण देखिएका १४ जना बिरामीको हेटौडा सामुदायिक आँखा अस्पाताले निशुल्क अप्रेशन गर्ने वातावरण रहेको उपसभापति कार्कीले बताउनु भयो ।

बिकट वस्तीका नागरिकलाई हेटौडा बजार सम्म गएर आँखा परिक्षण गराउनु पर्ने समस्यालाई मध्यनजर गरि नेपाल रेडक्रस मनहरी उपसाखाले स्थानीय तहमानै बिशेसज्ञ डाक्टरहरु को सहयोगमा निशुल्क आँखा शिविर राखे पछी त्यस भेगका नागरिकमा उत्साह थपिएको छ । रेडक्रस मनहरी उपसाखाले आयोजना गरेको एक दिने निशुल्क आँखा शिविर बाट मोतिबिन्दु रोग देखिएका १४ जना बिरामीको उपचारमा समेत हेटौडा सामुदायिक आँखा अस्पातल संग सहकार्य गरेको र छिट्टै ति १४ जना बिरामीको उपचारको व्यवस्था मिलाइने नेपाल रेडक्रस मनहरी उपसाखाका सभापति मोहन कार्कीले जानकारी दिनु भयो । नेपाल रेडक्रस मनहरी उपसाखा को समन्वयमा यहि २० गते मनहरी ७ मा रहेको ब्रम्हाकाली निम्न माध्यमिक बिद्यालय रमौलिमा समेत एक दिने निशुल्क आँखा शिविर कार्यकर्म आयोजना गरेको उपसभापति कार्कीले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*