हेटौंडा १२ उपनिर्वाचन : सालिन सभ्य प्रचारमा नेकपा एमालेका उमेदवार राजेश नगरकोटी

बागमती एक्सप्रेस
११ मंसिर २०८१, मंगलवार ०९:४०

हेटौंडा १२ मा यहि मङ्सिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा एमालेका उमेद्वार राजेश नगरकोटीले चुनाब जित्ने गरि चुनाबी अभियानलाई तिब्रता दिएका छन । जनतामा भ्रम होइन यथार्थ वास्तविक र गर्न सकिने काम मात्र सुनाउदै चुनाबी प्रचार गरेका नगरकोटीले जे गर्न सकिन्छ त्यो मात्र जनतालाई बताउदै आएका छन । जति काम गर्न सकिन्छ त्यति मात्र खाका बनाएर जनताको बिचमा गएका नगरकोटीलाई चुनावी अभियानमा १२ नम्बर वडाका मतदाताले विश्वास गरेको स्थानीयको भनाइ रहेको छ । स्थानीय भन्छन राजेश नगरकोटी सालिन व्यक्तित्व भएको कारणनै उनि प्रति जनाधार रहेको र निर्वाचनमा नगरकोटीकोनै पल्ला भारि रहेको स्थानीयको बुझाइ छ ।

चुनाबी अभियानलाई समेत तडक-भडक नगरी सालिन तरिकाले जनताको घरदैलोमा पुगेका नगरकोटीलाई स्थानीयले साथ् दिंदै आएका छन । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले हारेका नगरकोटीले यो निर्वाचनमा त्यो फरक मतलाई आफु तिर केन्द्रित गराएका कारण पनि नेकपा एमालेका उमेदवार राजेश नगरकोटीले १६ गते जनताको मत वाट न्याय पाउने बिश्वास लिएको उनि निकट श्रोतको दावी छ । नगरकोटी नेकपा एमालेको युवा संघ जिल्ला अध्यक्ष समेत रहेका कारण १२ नम्बर वडाको उप-निर्वाचनमा नगरकोटीलाई हेभी वेटको नेताको रुपमा पनि लिईएको छ ।

नेकपा एमालेका नेता तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ बागमती प्रदेश सरकारको उर्जा तथा जलश्रोत मन्त्री भएका बेला नगरकोटीले उनकै सचिवालयमा काम गरि १२ नम्बर वडामा बिकाश निर्माणको काममा बजेट पार्ने देखि १२ नम्बर वडाको बिकाशमा गरेको योगदानको कारण पनि जनताको बिश्वास उनि माथि रहेको एमाले निकट श्रोतको दावी रहेको छ ।

नेपाली कांग्रेस भित्र रहेको गुटगत राजनीति मौलाउदै गएको र संघिय तथा प्रदेश निर्वाचनमा १२ नम्बर वडा बाट कांग्रेस जिल्ला तहमा नेतृत्व गरेका नेता कार्यकर्ताले कांग्रेस उमेद्वार हराउन लागेको आरोपको कारण पनि अन्य उमेदवारलाई चुनाबी परिणाम आफु केन्द्रित गर्न सहज भएको समेत १२ नम्बरका मतदाताले बताउंदै आएका छन । नेकपा माओबादी केन्द्रका ललित बहादुर घलानले वडाध्यक्ष वाट जिल्ला समन्वय प्रमुख भए पछी उक्त स्थानमा उप-निर्वाचन हुने भएको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओबादीका ललित बहादुर घलान नेपाली कांग्रेस वाट अर्जुन प्रसाद तिवारी र नेकपा एमाले वाट राजेश नगरकोटी बीच कडा प्रतिस्पर्धा भएको थियो भने अहिले ललिता बहादुर घलानको स्थानमा नेकपा माओबादी केन्द्रले युवा उमेदवार रवी कुमार प्रधान रविनलाई अघि सारेको छ भने नेपाली कांग्रेसले तिवारी र एमालेले नगरकोटीलाई चुनावी मैदानमा उतारेको छ । नेपाली कांग्रेसले तेस्रो पटक उमेदवार बनाएको अर्जुन प्रसाद तिवारी पार्टी भित्र विवादित व्यक्ति भएको र बुलेट बाईक चोरी गरेको अभियोगमा उनि माथि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी समेत परेको प्रहरी श्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*