चोरीको बुलेटले ब्यालेटलाई के गर्ला न्याय
हेटौडा उपमहानगरपालिकाको १२ नम्बर वडामा यहि मङ्सिर १६ गते वडाध्यक्ष पदको उप-निर्वाचन हुने भएको छ । उप-निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो उमेद्वार खडा गरि मनोनयन समेत गरि सकेका छन । चुनाब जित्ने रणनीतिका साथ उमेद्वारहरु घरदैलो अभियानमा देखिएका छन । नेकपा माओबादी केन्द्रका रवी कुमार प्रधान (रविन) नेकपा एमाले वाट राजेश नगरकोटी रास्ट्रीय स्वतन्त्र पार्टी रास्वपाले आश बिर बल रास्ट्रीय प्रजातन्त्र पार्टीले प्रेम भोलन एकीकृत समाजबादिले बलराम बल र नेपालि कांग्रेसले अर्जुन प्रसाद तिवारीलाई वडाध्यक्ष् पदको लागि चुनावी मैदानमा उतारेको छ ।
सबै दलका उमेद्वार मङ्सिर १६ गते १२ नम्बरका मतदाताको मत ब्यालेटमा आफ्नो पक्षमा पार्न सबै शक्ति प्रयोग गरि रहेको अवस्थामा भने नेपालि कांग्रेसका उमेद्वार अर्जुन प्रसाद तिवारी भने बुलेट कै कारण ब्यालेटमा रन्थनिने सम्भावना रहेको पाहिएको छ ।
कुरा २०७९ चैत ३० गतेको हो । कांग्रेसका केहि उच्च तहका नेताले हेटौडाका पत्रकार इन्द्र प्रसाद बन्जारा रमेशलाई कुनै पनि हालतमा फसाउने रणनीति बनाउछन र मकवानपुरकै एक गाउँपालिका जनप्रतिनिधिलाई पात्र खोज्ने जिम्मा दिन्छन ति जनप्रतिनिधिले पत्रकार बन्जारालाई फसाउन समाचार श्रोत रहेको भनि एक महिलालाई प्रयोग गर्छन ति महिला तिनै जनप्रतिनिधिको आफ्नै भतिजी रहेको पाहिन्छ । कांग्रेस भित्रका केहि नेताको समाचार लेखेको कारण पत्रकार बन्जारा फसाउने रणनीतिमा कांग्रेसका जनप्रतिनिधि र जिल्ला देखि प्रदेशतह सम्मका नेता कार्यकर्ता परिचालित हुन्छन र पत्रकारलाई फसाउनको लागि उक्त महिलालाई आवश्यक तयारि गर्ने जिम्मा हाल हेटौडा १२ वाट नेपालि कांग्रेसको तर्फ वाट उमेद्वार भएको अर्जुन प्रसाद तिवारीले लिन्छन ।
२०७९ चैत ३० गते उक्त महिलालाई प्रदेश ३-०३-००२-७९३२ नम्बरको बुलेट बाईकको पछाडी राखी तिनै तिवारीले हेटौडा १० को शिसौघारीमा लगेर उक्त महिलालाई पुर्व तयारीका साथ पत्रकार बन्जारालाई फसाउने वारदात स्थल तयार पारि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिन पठाउछन यो घटनाको सी.सी,टिभी फुटेज हेटौडा खबरले सार्वजनिक गर्छ र एका एक तिवारीले आफु अनुसन्धानमा तानिने डरले उक्त प्रदेश ३-०३-००२-७९३२ नम्बरको बुलेट बाईक गायब बनाउछन ।
अहिले पछिल्लो समय सामाजिक संजालमा उक्त प्रदेश ३-०३-००२-७९३२ नम्बरको बुलेट बाईक निक्कै चर्चामा रहेको छ । तिवारीले पत्रकार फसाउन प्रयोग गरेको उक्त बुलेट बाईक चोरीको रहेको र तिवारीले उक्त बुलेट बाईक चोरी गरेको तथ्य प्रमाण बाहिरीए पछी अब मङ्सिर १६ गते हेटौडा उपमहानगरपालिका १२ मा हुने निर्वाचनमा चोरीको बुलेट प्रयोग गर्ने लाई १२ नम्बरका जनताले ब्यालेटमा न्याय गर्ने सम्भावना नरहेको श्रोतको दावी रहेको छ ।
नेपाली कांग्रेसले समेत बिवातित व्यक्तिलाई उमेदवार बनाएको भन्दै सर्वत्र आलोचना खेपी रहेको अवस्थामा बुलेट बाईक चोरीगरि प्रयोग गर्ने लाई मतदाताले ब्यालेटमा न्याय गर्न नसक्ने आधार प्रमाण रहेको बताउदै आएका छन । पत्रकार बन्जारा फसाउन लागि परेका तिवारीले उक्त महिलालाई सिकाएका कुरा डर धम्कि ति महिलाले जिल्ला अदालत मकवानपुरमा दिएको बयानमा उल्लेख गरेको पाहिएको छ । त्यति मात्र होइन तिवारीले प्रयोग गरेको प्रदेश ३-०३-००२-७९३२ नम्बरको बुलेट बाईकको नम्बर चितवन भरतपुरका अधिकारि थरका व्यक्तिको नाममा रहेको यामाह कम्पनीको रे जेट स्कुटरको नम्बर रहेको समेत पाहिएको छ । यसरि बुलेट बाईक चोरी गर्नेलाई मतदाताले मङ्सिर १६ को निर्वाचनमा मतदाताले कसरी ब्यालेट मार्फत न्याय गर्न सक्लान ?