ललितपुर जिल्ला दुग्ध संघले माग्यो किसानको क्षति विवरण

बागमती एक्सप्रेस
२० आश्विन २०८१, आईतवार ०९:३०

ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानलाई परेको क्षतिको विवरण संकलन गर्ने कार्यलाई तिब्र रुपमा अगाडी बढाएको संघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताउनु भयो ।

असोज १० गते बिहिबार बाट शुरु भएको अविरल बर्षाको कारण ललितपुर जिल्ला भित्र रहेका कृषक हरु निक्कै मारमा परेका छन अविरल बर्षा र बाढी पहिरोको कारण ललितपुरका कृषकहरुले आफ्नो उतपादनलाई बजार सम्म ढुवानी गर्न नसक्दा समस्यामा परेका छन भने कयौ कृषकहरुको गाई भैसी लगायतका पशु चौपाया बाढी पहिरोले बगाउदा किसान थप समस्यामा परेको संघले जनाएको छ ।

कृषि तथा पशु चौपायामा आत्मा निर्भर भएका किसानहरु बाढी पहिरोको कारण समस्यामा रहेको अत्याधिक क्षति भएको कारण राज्यले किसानका समस्यालाई तत्काल सुनुवाई गर्नु पर्ने संघ अध्यक्ष सापकोटाले बताउनु भयो । आफ्नो कर्मथलो कोंज्योसोम गाउँपालिका ठोस्ने खोला समेत पूर्ण रुपमा क्षति भएको बाटो अबरुद्ध भएको कारण किसानले सास्ती खेप्नु परेको उनको भनाइ रहेको छ ।

ललितपुर जिल्ला भित्र रहेका महाङ्काल गाउँपालिका, कोंज्योसोम गाउँपालिका र बागमती गाउँपालिका दुग्ध उत्पादनको पकेट क्षेत्र रहेको र यति बेला बाढी पहिरोले त्यस क्षेत्रमा रहेका किसान हरु प्रताडित भएका कारण दुग्ध किसान हरुको क्षति विवरण यथा शिघ्र संकलन गरि किसानको समस्यामा राहत प्रदान गर्न जिल्ला दुग्ध उत्पादक सहकारी संघ ललितपुरले आवश्यक समन्वय गरि रहेको अध्यक्ष सापकोटाले जानकारी दिनु भयो ।

किसान हरुको क्षतिको विवरण संकलन गरि बिमा र राहत उपलब्ध गराउन पहल गर्ने समेत अध्यक्ष सापकोटाले बताउनु भएको छ ग्रामिण क्षेत्रमा परेको विपदको कारण जिल्लाका दुग्ध किसान संगै जिल्ला दुग्ध संघ ललितापुरले समेत ठुलो क्षति व्यहोर्नु परेको छ । निक्कै समस्याको बीच अध्यक्ष सापकोटाको नेतृत्वले किसान लक्षित् गर्दै दुग्ध संघलाई एउटा समुन्नत सहकारी संघ बनाउदै गर्दा बाढी पहिरो का कारण दुग्ध संघले पनि क्षति  व्यहोर्नु परेको छ । ललितपुर भित्र रहेका किसानहरुको क्षति विवरण संकलन गरेर बिमा देखि राहत सम्मको तयारि जिल्ला दुग्ध उत्पादक सहकारी संघ ललितपुरले गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*