सहकारी र संकलन केन्द्रले विवरण पेस नगर्दा अनुदान वाट महाङ्कालका किसान बन्चित हुने खतरा

बागमती एक्सप्रेस
२६ भाद्र २०८१, बुधबार ०९:०६

ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको कार्यालयले गाउँपालिका भित्र रहेका दुग्ध संकलन केन्द्र दुग्ध सहकारी संस्थाहरुले आफ्नो दुग्ध संकलन केन्द्रमा संकलन भएको दुग्धको प्रति लिटर बिस पैसा गाउँपालिकामा राजस्व दाखिला गर्न सुचना प्रकाशन गरेको महिना बिती सक्दा समेत गाउँपालिका भित्र रहेका दुग्ध सकलन केन्द्र दुग्ध सहकारी संस्थाहरुले पालिकामा आवश्यक कागजात पेस नगर्दा पालिकाले किसान लाई दिने अनुदान समेत प्रभाबित हुने देखिएको छ ।

महाङ्काल गाउँपालिकाले गाउँपालिकाको छ वटै वडा भित्र रहेका कृषकहरुलाई पालिकाले अनुदान दिने कार्यविधि बनाएर बजेट समेत बिनियोजन भएको अवस्थामा समेत किसान र सहकारीहरूले अटेर गर्दा किसानले पाउने अनुदान बाट किसानहरुनै जोखिममा पर्ने आंकलन गरिएको छ ।

पालिकाले गाउँसभा बाट पारित गरेको आन्तरिक श्रोतलाई केहि मजबुत बनाउन दुग्ध संकलन केन्द्र, दुग्ध ढुवानी ब्यबसायी, दुग्ध सहकारी संस्था बाट किसानले जम्मा गरेको दुग्ध परिमाण अनुसार प्रति लिटर बिस पैसा पालिकाले कर लिने गाउँ सभा बाट पास गरि साउन २४ गते सुचना प्रकाशन गरेको थियो । पालिकाले सुचना प्रकाशन गरे पछी समेत पालिका भित्रका सरोकारवाला सस्था हरुले पालिकामा विवरण पेस नगर्दा पालिकाले किसानलाई दिने अनुदान वाट किसानहरुनै बन्चित हुने अवस्था उत्पन्न भएको छ ।

महाङ्काल गाउँपालिकाले गाउँपालिका भित्र रहेका किसानलाई लक्षित् गरि कृषि तथा पशु चौपायामा आत्मा निर्भर हुने हरुको लागि अनुदान प्रदान गर्ने पालिका भित्रका किसानहरु लाई आत्मानिर्भर बनाउने जस्ता नीतिगत कार्यक्रम बजेटमै हाल्दा समेत पालिका भित्रका कृषि तथा पशु चौपाया संग सरोकार राख्ने संघ सस्थाले विवरण पालिकामा पेस नगरे पछी पालिका भित्र रहेका कृषकहरु अनुदान रकम पाउन बाट लाभान्वित नहुने खतरा बढेको कालेश्वरका किसानले गुनासो गरे ।

महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर के.सी. भन्छन “हामीले महाङ्काल गाउँपालिकालाई कृषि तथा पशु-चौपायाको क्षेत्रमा काम गर्ने किसान लक्षित थुप्रै योजनाहरु अनुदानका कार्यक्रमहरु पालिकाको नीति तथा कार्यक्रममा समेटेका छौ” यहाँका किसानहरु लाई आफ्नो उत्पादन सहज रुपमा बजारीकरण गर्न सहज होस् भनेर गाउँ-गाउँमा मोटर बाटो पुराएका छौ तपाइहरुले कुन क्षेत्रमा जस्तै पशुपालनमा वा कृषिमा के-कस्ता काम गरि रहनु भएको छ त्यो डाटा गाउँपालिकामा ल्याउनुस हामि के-कति हुन्छ अनुदान दिन्छौ भनेका छौ सुचना प्रकाशन गरेका छौ सबै वडामा पत्राचार गरेका छौ तर किसान हरु पालिकामा विवरण बुझाउननै आनाकानी गरि रहनु भएको छ यस्तो अवस्थामा को किसानले कति अनुदान कुन क्षेत्रमा पाउनु पर्ने हो पालिकाले भविष्यबाणी गर्न नसक्ने हुँदा कति किसानले पालिका वाट पाउने अनुदान सेवा सुबिधा वाट बन्चित हुने त होइन भन्ने चिन्ता रहेको बताए  ।

हामीले किसानलाई राहत होस् गाउँपालिका भित्र रहेका किसानहरुमा कृषि तथा पशु-चौपाया वाट पनि समुन्नत हुन् सकिन्छ आत्मनिर्भर हुन सकिन्छ भन्ने महशुस होस् भनेर पालिकाले कृषि तथा पशु-चौपायको क्षेत्रमा काम गरेका किसानलाई राहत तथा अनुदान प्रदान गर्ने भनेर पालिकाले बजेट बिनियोजन गरेको र सबै वडा कार्यालय मार्फत वडा भित्र रहेका कृषि सहकारी दुग्ध संकलन केन्द्र दुग्ध सहकारीहरुको विवरण माग गरिएको भए पनि अधिकाश संघ तथा सहकारी एवं संकलन केन्द्रले पालिकामा विवरण नबुझाएको कारण दुग्ध किसानलाई पालिकाले दिने अनुदान बाट किसान हरु मर्कामा पर्न सक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले बताए । विष्ट भन्छन हामीले बजेट बनायौ पालिका भित्ररहेका किसानहरुको डाटा माग्यौ दुग्ध संकलन केन्द्र दुग्ध सहकारी संस्थाको विवरण पालिकामा सुचिकृत गर्न सुचना प्रकाशन गरेका छौ तर केहि बाहेक थुप्रैले विवरण बुझाएका छैनन् यसले सहकारी वा संकलन केन्द्रलाई भन्दा पनि असली किसानलाई आफुले पाउने अनुदान रकम सेवा सुबिधा बाट बन्चित हुनु पर्ने अवस्था सिर्जना हुन सक्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले बताए । पालिकाले किसानलाई आर्थिक बर्ष २०८१/०८२ मा अनुदान दिने भनेर एक करोड हाराहारीको बजेट बिनियोजन गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*