धरानका मेयर हर्कको सिको गर्दै आयुर्वेदकी ललिता पाण्डे

बागमती एक्सप्रेस
२४ भाद्र २०८१, सोमबार २०:५१

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्ष बाट रास्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर चर्चामा आए पछी यता आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौडाकि कार्यालय प्रमुख ललिता पाण्डेले पनि आफ्नो कार्यकक्ष बाट रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकी हुन् ।

कार्यालय प्रमुख पाण्डेले सुबिधा सम्पन्न कार्यकक्ष प्रयोग गर्दै आएको भए पनि कार्यकक्षमा भने राष्ट्रका २ प्रमुखको फोटो भने उनको कार्यकक्षमा अटाउन सकेन ।

कार्यालय प्रमुख पाण्डेले आफ्नो कार्यालयमा प्रमुखको कार्यकक्षको दाँया बाँया राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्नु पर्ने मान्यतालाई समेत लत्याउदै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरलाई बोरामा प्याक गरि स्टोरमा राखेको समेत भेटिएको हो । पाण्डेलाइ यस बिषयमा कुरा गर्दा राख्ने ठाउँको अभाब भएको प्रतिक्रिया जनाईन । लाखौ भाडा राज्यले तिर्ने कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने ठाउँ समेतको अभाबको बहाना हो कि रास्ट्रपति र प्रधानमन्त्री प्रतिको कुण्ठा हो उनै जानुन ।

राज्यका हरेक कार्यालयले रास्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यालय प्रमुखको दाँया बाँया राख्ने प्रचलन चल्दै आएको भए पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौडाकि कार्यालय प्रमुख ललिता पाण्डेले भने धरानका मेयर हर्क साम्पाङ दमकका मेयर राम थापाले जस्तै राजनीतिक दोषकै कारण तस्बिर नराखेको हो कि भन्ने चर्चा समेत चल्ने गरेको छ ।

आफ्नो कार्यकक्षबाट राष्ट्रपति प्रधानमन्त्रीको फोटो हटाउने कामको सुरुवात भने कोशी प्रदेशका एक मन्त्रीले गरिसकेका थिए । तत्कालीन गठबन्धन सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखेका थिए । यता दमक नगरपालिकाका मेयर राम थापाले पनि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाइदिएका थिए । साम्पाङले यलम्बरको तस्बिर राखेको भोलिपल्ट थापाले राजा पृथ्वीनारायण शाहको तस्बिर टाँगेका थिए । हर्क साम्पाङ राम थापा जयराम यादब हरुले भिन्न भिन्न व्यक्तिको तस्बिर राखे जस्तै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौडाकि कार्यालय प्रमुख ललिता पाण्डेले कसको तस्बिर राख्छिन त्यो भने हेर्न बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*