वडा अध्यक्ष घिमिरेले किर्ते पत्र निर्देशनालयलाई पठाई अनुदान रकम झ्वाम पारे

बागमती एक्सप्रेस
४ भाद्र २०८१, मंगलवार २१:४१

महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद घिमिरेले २०६५ साल बाट संचालन गर्दै आएको महाङ्काल गाउँपालिका वडा नम्बर १ कत्वनबेसिमा रहेको  गोकुल दुग्ध उत्पादक सहकारी संस्थाले बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध उत्पादक किसानलाई दिंदै आएको दुग्ध लिटर अनुदान कार्यक्रम अन्तर्गत सहकारीले पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय बागमती प्रदेशलाई पठाएको पत्र समेत किर्ते भएको महांकालका किसानले आरोप लगाएका छन् ।

वडा अध्यक्ष घिमिरेको सहकारीले दुग्ध लिटर अनुदान हत्याउन आफ्ना आसे पासे नातेदार गैह् किसानको नाम लेखि बैंक खाता नम्बर पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय बागमती प्रदेशलाई पठाएको पत्र समेत किर्ते भएको बुझिएको छ ।  सहकारीले २०८० जेठ ९ गते निर्देशनालयलाई पठाएको पत्र समेत किर्ते भएको हो । आर्थिक बर्ष २०७८/०७९ को लिटर अनुदान अनियमितता गर्न वडा अध्यक्ष घिमिरेले चलाखी गरि निर्देशनालयलाई पत्र पठाएका थिए । आफ्नै हात जगनाथ भने जस्तै वडा अध्यक्ष घिमिरेले सहकारी मार्फत राज्यको बजेट अनियमितता गरेका हुन् ।

घिमिरेको गोकुल दुग्ध उत्पादक सहकारीले निर्देशनालयलाई पठाएको पत्रमा भनिएको छ “यस गोकुल दुग्ध उत्पादक सहकारी सस्थामा दुग्ध बिक्रि गर्ने किसानको व्यक्तिगत खाता र बैंकको नाम उल्लेख गरि यसै साथ पठाईएको छ” । घिमिरेले निर्देशनालयलाई पठाएको बैंकको नाम र व्यक्तिगत खाता त् सहि छ तर त्यस मध्य अधिकांश व्यक्ति दुग्ध बेच्ने किसान नभएर कोहि पोखरामा जुत्ता चप्पल ब्यापार गर्ने व्यक्ति छन भने कोहि ललितपुर पाटन तिर बसेर अध्यान अध्यापन गर्ने व्यक्ति समाबेश गरिएको छ ।

गोकुल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले अनुदान रकम हत्याउन गरेको पत्राचारमा सहकारीको अध्यक्ष् श्याम प्रसाद घिमिरे रहेको उल्लेख गरिएको छ भने सहकारीले अधिकांश क्षेत्रमा आफुले बुझाएको डकुमेन्टमा अध्यक्ष राम प्रसाद घिमिरेनै भएको उल्लेख भएको छ । यसरि हेर्दा अनुदान रकम हत्याउन वडा अध्यक्ष घिमिरेले हदै सम्मको किर्ते काम गरेको प्रस्ट देखिन्छ । सहकारीले निर्देशनालयलाई पठाएको पत्रमा समेत अध्यक्ष श्याम प्रसाद घिमिरे लेखिएको भए पनि हस्ताक्षर् श्याम प्रसादको नभएको र वडा अध्यक्ष् घिमिरे आँफैले श्याम प्रसादको हस्ताक्षर् किर्ते गरेको श्रोतको दाबि छ । वडा अध्यक्षले पदीय दुरुपयोग गरि राज्यको ढुकुटी अपचलन गरेको आर्थिक अनियमितता गरेको किर्ते गरेको भन्दै उनलाई राज्यले कारवाही गर्नु पर्ने स्थानीयको माग रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*