बकैया गाउँपालिका शिक्षा शाखाले किन गर्यो झुटा विवरण सार्वजनिक
बकैया गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले गाउँपालिका भित्र रहेका बिद्यालयको विवरणनै फर्जी तयार गरि सार्वजनिक गरेको तथ्य बाहिरिएको छ ।
शिक्षा तथा खेलकुद क्षेत्रमा निक्कै कमजोर रहेको बकैया गाउँपालिका २०८० सालको एसईई परिक्षामा समेत निक्कै कमजोर रहेको पाहिएको हो । बकैया गाउपालिका भित्रका ११ विद्यालयमा अध्यानरत ४०३ जना विद्यार्थीले परिक्षा दिएकोमा ४६ जना विद्यार्थी मात्र पास भएका छन ।
मकवानपुरका बिभिन्न संचार माध्यमले बकैया गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको अनियमितता खस्कदो शैक्षिक गतिबिधि समेतका समाचार प्रकाशन गर्दा समेत गाउँपालिकाले चासो नदिएका कारण आज गाउँपालिका भित्र रहेका विद्यालयको रिजल्टले गाउँपालिकाको शिक्षा.युवा तथा खेलकुद शाखाको काम जिम्मेवारी प्रति गाउँपालिकावासीले गुनासो गर्ने गरेका छन ।
बकैया गाउँपालिका भित्र रहेका ११ बिद्यालय मध्य ४ बिद्यालय निल गएको प्रमाण लुकाई गाउँपालिकाको शिक्षा शाखाले २ बिद्यालय मात्र निल गएको झुटा विवरण बनाइ नागरिकलाई गुमराहमा राख्ने प्रयास गरेको तथ्य बाहिरिएको हो । बकैया गाउँपालिका भित्रका ११ बिद्यालय मध्य बकैया २ मा रहेको कालिका माध्यमिक बिद्यालय बाट १६ जनाले परिक्षा दिएकोमा १६ जना विद्यार्थी फेल भएका हुन् भने बकैया ५ मा रहेको प्रभात माध्यमिक बिद्यालय बाट २५ जना परिक्षामा सहभागी भएकोमा २५ जनानै फेल भएका छन यता बकैया ८ मा रहेको जनजागृति माध्यमिक बिद्यालय बाट २६ जना परिक्षामा सहभागी भएकोमा २६ जनानै फेल भएका थिए ।
बकैयाकै १० नम्बर वडामा रहेको प्रसीद्ध माध्यमिक विद्यालयबाट १३ जनाले परिक्षा दिएकोमा १३ जनानै फेल भएका थिए । बकैया गाउँपालिका भित्र रहेका ११ बिद्यालय परिक्षामा सहभागी भएको र ४ बिद्यालय निल गएको तथ्य लाइ लुकाई गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २ बिद्यालय मात्र निल गएको भ्रामक तथ्य सार्वजनिक गरेको थियो । बकैया गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख आइतराम तामांगले सबै दोष विद्यालयलाई लगाउने गरेको रहस्य समेत बाहिरीए पछी विद्यालयका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिले पत्रकार सम्मेलन गर्ने तयारि गरेको समेत बुझिएको छ । गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको झुटा विवरणमा गाउँपालिका भित्रका ४०४ जनाले परिक्षा दिएको ५२ जना पास भएको र २ बिद्यालय निल गएको विवरण सार्वजनिक गरेको थियो ।
बकैया गाउँपालिका बाट ४०३ जनाले एसईई परिक्षामा सहभागी भएको ४६ जना पास भएको र ४ बिद्यालय निल गएको शिक्षा समन्वय इकाई हेटौडाले बताएको छ ।बकैया गाउपालिका भित्र रहेका सामुदायिक विद्यालयका स्थाई शिक्षक् हरु निजि बिद्यालय संचालक रहेको बिषय,गाउपालिका भित्र रहेका विद्यालयको चरम अनियमितताको बिषयमा समेत गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख आइतराम तामांग लाइ पटक-पटक जनगुनासो गर्दा समेत तामाङ् मौन बस्नुले पनि बकैयाको शैक्षिक् गुणस्तर खस्कनुको प्रमुख कारण रहेको नागरिकको आरोप रहने गरेको छ ।
सरकारी तलब खाने सरकारी सेवा सुबिधा लिने अनि सत्य लुकाएर झुट ओकल्ने बकैया गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख आइतराम तामाङ् लाइ कस्ले दियो अधिकार ? सत्य कहिले सम्म लुकाउने झुट कहिले सम्म ओकल्ने जनताको प्रश्न रहेको छ ।