बकैयामा दाना उद्योग संचालन अध्यक्षले गरे उद्घाटन
बकैया गाउपालिकाले गाउपालिका भित्र रहेका कृषकलाइ सहज हुने गरि दाना उद्योग संचालन गरेको छ । बकैया गाउपालिका ७ नम्बर वडा हात्तिखोलामा रहेको बकैया औधोगिक करिडोरमा गाउँ पालिकाको आर्थिक सहयोगमा निर्माण भएको दाना उद्योगको एक गाउपालिकाका अध्यक्ष धर्म लामिछानेले उद्घाटन गरेका हुन् । उद्योग परिसरमा पुजा पाठ गरि उद्योगको बिधिबत रुपमा संचालन गरिएको थियो ।
गाउँ पालिकाका अध्यक्ष लामिछानेले उदघाटन गर्नु भएको समारोहमा गाउँ पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठ बकैया गाउपालिका ४ नम्बर वडा अध्यक्ष् राजन प्रसाद दंगाल ७ नम्बर वडा अध्यक्ष् मान बहादुर लामा ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्बा ३ नम्बर वडा अध्यक्ष भुमल सिङ्ग घलान ८ नम्बर वडा अध्यक्ष बिष्णु नेगी ९ नम्बर वडा अध्यक्ष एवं स्थानीयको समेत उपस्थिति रहेको थियो ।
बकैयामा स्थापना भएको उद्योगले प्रति दिन ५ टन दाना उत्पादन गर्न सक्ने र गाउ पालिकाका भित्र रहेका कृषकको माग लाइ सहजै पुरा गर्न सकिने गाउपालिकाले लक्ष्य लिएको छ । बकैया गाउपालिकाले कृषि तथा पशुपन्छीको क्षेत्रमा काम गर्ने किसान लाइ सहज हुने गरि गाउपालिकाले पालिकाको औधोगिक करिडोरनै स्थापना गरेको छ ।
७ बिगाह क्षेत्रफ़लमा रहेको औधोगिक करिडोरमा गाउपालिकाले ४ करोड रकम खर्च गरि दाना उद्योग स्थापना गरेको र सोहि स्थानमा गाइ बस्तुलाई खुवाउने साइलेज उद्योग पनि अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष लामिछानेले बताउनु भयो । पालिकाले पालिकाको औधोगिक करिडोरमा पाङारिक मल उतपादन गर्ने उद्योग समेत स्थापना गर्ने तयारि गरेको छ । कृषि तथा पशुपन्छीको क्षेत्रमा काम गर्दै आएका कृषकहरु लाइ गाउपालिकामानै उद्योग स्थापना हुदा निक्कै सहज हुने स्थानीयको भनाइ रहेको छ ।