बैशाख ३१ मा क्यम्पामा रहेका घर टहरा हटाउने तयारी
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको अतिक्रमित भएको जग्गा केन्द्रले आफ्नो नियन्त्रणमा लिने भएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गामा घरटहरा बनाइ बसेका हरु लाइ हटाउने तयारि गरेको हो ।
२०४४ सालामा स्थापना भएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडा ४७.०९ हेक्टर क्षेत्रफ़लमा रहेको भए पनि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रमित गरि घर टहरा निर्माण भएको थियो ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले पटक पटक सुचना गरि केन्द्रको नाममा रहेको जग्गामा बनाएका घर टहरा हटाउन निर्देशन दिए पनि स्थानीयले अटेर गर्दै आइरहेका थिए ।
हेटौडा उपमहानगरपालिका ५ नम्बर वडा क्याम्पामा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रमित गरि घर टहरा निर्माण भएको थियो निर्माण भएका घर टहरा हटाउन पटक पटक छलफल भए पनि जग्गा अतिक्रमण गर्ने हरुले उल्टै मुद्दा हालेका थिए प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले २०८० भाद्र १६ गते केन्द्रको नाममा रहेको जग्गा अतिक्रमण गर्नेहरु ले ३५ दिन भित्र खालि गर्न सुचना प्रकाशन गरे पछी जग्गा अतिक्रमित गरि घर टहरा निर्माण गर्ने मिरा लामा, मिना कुमारी चौलागाई,नविन श्रेष्ठ र सावित्री कुमारी बज्राचार्यले उच्च अदालत हेटौडा इजलासमा अन्तरिम आदेश गरि पाउ भनि रिट दायर गरेका थिए ।
निबेदक हरु लाइ उच्च अदालतले २०८० असोज १२ गते अन्तरिम आदेश दिएको थियो उच्च अदालत हेटौडा इजलासले पुन २०८० फागुन २१ गते निबेदकहरुको नाम मा गरेको आदेश निस्क्रिय भएको जानकारी गराएको थियो अन्तरिम आदेश निस्क्रिय भए पछी प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले अतिक्रमित जग्गा खालि गर्न सरोकारवाला लाइ पटक पटक सुचना गरे पनि अटेर गर्दै आएका थिए ।
हेटौडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले समेत अतिक्रमित जग्गा खालि गर्न सम्बन्धित पक्षलाइ पत्र पठाउदा समेत अटेर गरे पछी जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले २०८१ बैशाख ३१ गते केन्द्रको नाममा रहेको हेटौडा ५ क्याम्पामा रहेको जग्गामा बनेका घर टहरा हटाउने भएको छ ।
पटक पटक अनुरोध गर्दा पनि अटेर गरे पछी हामीले केन्द्रको जग्गा अतिक्रमित गरि घर टहरा बनाएका हरुको घर टहरामा डोजर चलाई भत्काउने तयारि गरेका हौ केन्द्र प्रमुख सरोज कुमार यादबले जानकारी दिनु भयो ।